
Ggp
Asbus
Msbus
Ggp
Lnp
Ksbus
Rgp
Ksbus
Sdc


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सम्पन्न राप्ती गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय माैरीघाटले हात पारेको छ ।
गत शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा माध्यमिक विद्यालय माैरीघाट प्रथम,शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका छन् ।
प्रतियोगितामा १० स्वर्ण ,६ रजत र ३ काँश्य सहित १९ पदक जित्दै माध्यमिक विद्यालय माैरीघाट प्रथम भएको हाे।
त्यस्तै ८ स्वर्ण ,२ रजत र ७ काँश्य सहित १७ पदक जित्दै शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र ७ स्वर्ण ,१२ रजत र ६ काँश्य सहित २५ पदक जित्दै सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका हुन्।
विजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेश सभाका संसद इन्द्रजित थारु,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,वडा नं.५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो।
पालिका भरिका सामुदायिक र संस्थागत गरि २७ ओटा विद्यालयहरुले भाग लिएकाे प्रतियोगितामा विभिन्न १० भन्दा बढी खेलहरु समावेश गरि खेलाईएको थियो । प्रतियोगिताका विजेता विद्यालयहरुका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।
त्यस्तै आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विजेता विद्यालय माध्यमिक विद्यालय माैरीघाटले गर्ने बताइएको छ।
