
Lnp
pku
Unsku
Sgr
Srbpu
Rgp
Rgp1
Pbu
Ggp

Bbu
Rgu
Ggd
Ssm
Rgu
Gst
Bbbpu
Rgs
Vor
Sls
Hal
Asm
Rsb
Tsm
Ksm
nsb
Sbs
Pvg
Wsp

Mks
Ptm
Rmb
sab
Rpp
Jmb
bbt
Bml
Pls
Abd
Syp
Gsb
Jmb
दाङ । घाेराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले सहकारी एकीकरण अवसर र चुनाैति विषयक अन्तरक्रिया तथा घुम्ति बैठक सम्पन्न गरेकाे छ ।
घाेराही ५ धारपानीमा आयाेजित कार्यक्रममा बाेल्ने बत्ताहरूले सहकारी क्षेत्रमा देखा परेका समस्यासंग जुद्ध सहकारी मर्जकाे अभियानमा जानुपर्ने धारणा राखेका छन् । कलशका अध्यक्ष बालचन्द्र शर्माकाे अध्यक्षता तथा जिल्ला सहकारी संघमा अध्यक्ष हेमराज गाैतमकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समयमा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि निति,विचार र राम्रा सहकारीका विचमा एकीकरण गरि काम गर्नुपर्नेमा जाेड दिएका हुन् ।
संस्थाका सञचालक समिति सदस्य माधव खनालकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाैतमले देशका केही सहकारीले गरेका नराम्रो कामले सिंगाे सहकारीप्रति गलत धारणाकाे विकास हुन थालेकाे भन्दै संस्थामा आर्थिक सुशासन कायम गरि सदस्यकाे सर्वाेत्तम हित हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे । यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विमल कुमार अधिकारीले सहकारी मर्जकाे अभियान ठिक भएपनि मर्ज पछि आउने चुनाैति र अवसरमा विषयमा पहिले नै क्लियर हुनुपर्ने बताउनुभयाे ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दाङमा प्रमुख डिल्लीराज दाहाल,नेफ्सकुनका प्रतिनिधि दिनेश खनाल,सहकारी संघमा निवर्तमान लेखा समिति सदस्य नारायण भण्डारी,सल्लाहकार हेमराज शर्मा,गिरिराज शर्मा,विमल कुमार श्रेष्ठ,काेषाध्यक्ष नवराज भण्डारी,श्रीकान्त अधिकारी,हरिहर आचार,सर्वाेत्तम सहकारीका अध्यक्ष धुर्वराज पाैडेल,उपाध्यक्ष शालिकराम खनाल,शेषनारायण खनाल,शरद केसी,चन्द्रावती भण्डारी,मंगला राना लगायतले सहकारी एकिकरणका विषयमा आफ्नो धारणा राख्नुभएकाे थियाे ।
यस्तै साे अवसरमा ऐतिहासिक तथा पाैराणिक महत्त्व बाेकेकाे सुनकाे मन्दिरकाे दर्शन गरिनुका साथै नियिमत बैठक समेत सम्पन्न गरिएकाे थियाे । कार्यक्रममा उपाध्यक्ष नवीन कुमार पाण्डेले धन्यवाद र सचिव विमल याेगीले सञ्चालन गर्नुभएको थियाे ।
