
Rgp1
pku
Srbpu
Sgr
Unsku
Rgp
Pbu
Lnp
Ggp

Hal
Ggd
Bbu
Gst
Pvg
Sbs
Ssm
Wsp
Asm
Vor
Rgu
Tsm
Rgs
Bbbpu
Rsb
Rgu
Sls
nsb
Ksm

Jmb
Bml
Ptm
Syp
sab
bbt
Abd
Mks
Gsb
Rpp
Pls
Rmb
Jmb
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि थारु समुदायले नै जोगाएको बताउनु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारु समुदायले औलो जस्तो रोगलाई कठीन संघर्ष गरेर जितेर यो भूमिलाई आवदी बनाएको भन्दै थारु समुदायलाई उच्च सम्मान गर्ने बताउनु भयो ।
त्यस्तै ‘यो भूमिलाई आवदी बनाएको थारु समुदायले हो’,उहाँले भन्नु भयो‘ यो समुदायको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ।’ थारु समुदायले औलोलाई जितकै कारण अहिले सिकलसेल एनिमियाजस्ता रोगको सामना गर्नु परेको समेत बताउनु भयो ।
त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य मिलन डाँगीले नारायणपुर क्षेत्रको विकासकालागि आफूले पहल लिइरहेको बताउनु भएको छ । साथै उक्त मन्दिरकालागि पनि बजेटको पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । यस्तै उक्त कार्यक्रमका अवसरमा काङ्ग्रेस नेता अभियान बस्नेत लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
