
Rgp
Sgr
Lnp
Pes
Rgp1
Srbpu
Gfs
Pbu
cjs
Ggp
pku
Ses
Djs
Unsku

Tsm
Ksm
Ssm
Rsb
Sls
Pvg
nsb
Rgs
Bbbpu
Wsp
Bbu
Rgu
Hal
Sbs
Ggd
Rgu
Asm
Vor
Gst

Rpp
Bml
Mks
Jmb
Abd
Gsb
Syp
Jmb
bbt
Rmb
sab
Ptm
Pls
दाङ । शारीरिक ब्यायाम, प्रणायाम र योग मानव स्वास्थ्यका लागि अपरिहार्य भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।
गढवा गाउँपालिका र पतन्जली योग समिती गढवाले सोमवार गढवामा आयोजना गरेको नबौ रास्ट्रीय योग दिवस-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो।आधुनिक चिकित्साले पनि योग बिज्ञान लाई प्रमाणिकरण गरेको र गढवा गाउँपालिकाले नीति- कार्यक्रम र स्थानीय पाठ्यक्रममै योग शिक्षाको अवधारणा अगाडि सारेको र सबै वडाहरुमा साधना केन्द्र समेत आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै गढवा ५ का अध्यक्ष लेखबहादुर थापाले योगले मानव शरिरमा स्फुर्ती बढाउने र इम्युनिटी पावर वृद्धि गर्ने बताउनु भयो । साधना केन्द्र सन्चालन गर्न आफ्नो वडामा पनि पहल गर्ने उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले योगलाइ निरन्तरता दिन साधना केन्द्रकालागी जग्गा ब्यवस्थापन गर्ने प्रतिवद्द्ता समेत ब्यक्त्त गर्नुभयो । नेपाल सरकार बिज्ञान तथा प्रबिधी मन्त्रालयले यसबर्ष देशका ७५३ स्थानिय तहलाइ रास्ट्रीय योग दिवस मनाउन निर्देशन गरेको थियो । सोही अनुरुप स्थानिय सरकारको साझेदारिमा कार्यक्रम गरिएको पतन्जली योग समिती गढवाका अध्यक्ष रामनरेश यादवले बताउनु भयो ।
त्यस्तै योग, ब्यायाम र प्रणायामले शरिरलाइ स्वस्थ्य राख्ने,रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र लागेका रोगहरुलाइ पनि बिस्तारै निको गराउने पतन्जली महिला योग समिती दाङका अध्यक्ष साहाना श्रेष्ठले बताउनु भयो । कार्यक्रममा एउटा खुट्टाले गरिने बृक्षासन प्रतियोगितामा प्रथम हुने गिरिराज पुलामी, द्वितीय हुने साधना सिंह र तृतिय हुने सुलाचन चौधरी लाई सम्मान गरिएको थियो । सो अवसरमा वडा सदस्य दिनमणी आचार्य, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त, समाजसेवी बुद्धिजिवि तथा राजनीतिकर्मी रामप्रसाद गैरे र पत्रकार दुखहरण यादव लगाएतले योगको महत्वका बारेमा बोल्नु भएको थियो ।
शिक्षक राधा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार शिबराज पन्थिले गर्नु भएको थियो । कार्यक्रम पतन्जली योग समिती गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको हो ।

