
pku
Ggp
Unsku
Lnp
Srbpu
Rgp
Pbu
Sgr
Rgp1

Vor
Rgu
Rsb
Sls
Pvg
Wsp
Ssm
Ggd
Ksm
Asm
nsb
Bbu
Tsm
Sbs
Rgu
Hal
Bbbpu
Gst
Rgs

Pls
Abd
Bml
Jmb
sab
bbt
Gsb
Rpp
Mks
Syp
Jmb
Ptm
Rmb
दाङ । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला शुक्रबार गढवाको बालाखुट्टीमा सम्पन्न भएको छ ।
गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा एक दिने कार्यशाला सम्पन्न भएको हो। एकदिने कार्याशालामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि शिक्षकले मात्र केही गर्न नसकिने बताउनुभयो।
एक पक्षले मात्र शिक्षामा गुणस्तर ल्याउन नसक्ने बताउदै उच्च शिक्षाको लागि बिध्यार्थीहरुको संख्या दिनानुदिन घट्नु चिन्ताको बिषय भएको बताउनुभयो। शिक्षामा सुधार गर्नका लागि सा-साना कुरामा पनि ख्याल गर्नु पर्ने बताउनुभयो। समस्या पहिचान गर्नु भन्दा अरुलाउ दोष देखाएर आफु बच्ने काम नरोकिए सम्म शिक्षामा सुधार सम्भव नहुने बताउनु भयो।
शिक्षा क्षेत्र बिग्रिने प्रमुख कारण समस्याको पहिचान नसक्नु भएको बताउदै समस्या पहिचान गरी एक एक गर्दै सुधार गरे शिक्षाको गुणस्तरमा सुधार हुने बताउनु भयो। आफु निर्वाचित भएर आए देखी ठुलो परिवर्तनको लागि सा साना समस्याहरुको पहिचान गर्दै सुधार गर्ने तर्फ अग्रसर रहेको बताउनुभयो । स्वनिर्माण सोचको बिकाश सबैमा हुन आवश्यक रहेको बताउदै बिध्यालयको भित्री पक्षको पहिचान नगरी शिक्षामा सुधार नहुने बताउनु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले विध्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, शिक्षक अभिभावक संघका अध्यक्ष सहितको प्रयास बिना शिक्षामा सुधार नहुने भएकाले गढवा गाउँपालिकालै सबैलाई समेट्ने गरी बिभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो। शिक्षामा सुधारका लागि हर सम्भव प्रयास पालिकाले गरिरहेको बताउदै। सामुदायिक बिध्यालय छोड्ने र निजि बिध्यालयहरुमा बिध्यार्थी बढ्ने कारण पत्ता लगाई गढवा गाउँपालिकाले जिवन मुल्य शिक्षा कार्यक्रम सञ्चालन गरेको बताउनु भयो। शिक्षामा सुधार नगरे आउने पुस्ताको भविष्य खतरा पर्ने भएकोले शिक्षामा गुणस्तर ल्याउन आफुहरु बढी चिन्तित भएको बताउनुभयो।
त्यसैगरी कार्यक्रम बोल्दै ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले एक्लैले मात्र शिक्षामा बड्को मार्न नसकिने बताउनुभयो। स्थानीय तह, बिध्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघ लगायतका सम्पूर्णको अथक प्रयास गरे मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो। अभिभावकको साथ सहयोग र समन्वय बिना शिक्षामा गुणस्तर आउन नसक्ने बताउदै शिक्षाको गुणस्तर सुधार गर्नै चाहे सोचै जस्तो असम्भव नभएको बताउनुभयो ।पहिलेको तुलनामा शिक्षामा केही सुधार भएको बताउदै आफुहरु आएपछी शिक्षा एन बनाई शिक्षामा सक्दो प्रयास गरिरहेको बताउनुभयो।शिक्षामा मानव बिकाश र चेतनाको बिकाश नभए सम्म शिक्षामा सुधार नहुने बताउनु भयो ।
प्रमुख प्रशिक्षक तथा चेतना फाउण्डेशन नेपालका अध्यक्ष कमल सिलवालले शिक्षक व्यवस्थापन बिचको दुरी, राजनीतिक आस्थाको प्रभाव, अभिभावक आकर्षण घट्नु, शिक्षकको स्वनिर्माण घट्नु र अन्य संस्थामा बढी समय दिने कारण नै शिक्षामा गुणस्तर सुधारको प्रमुख कारण भएको बताउनु भयो। शिक्षामा अपनत्व नभए सम्म शिक्षामा सोचे जस्तो सुधार नहुने बताउनु भयो।
एक दिने कार्यशालामा सरस्वती आधरभुत विद्यालय चन्दनपुर, महेन्द्र आधारभूत कोइलावास र बाल कल्याण आधारभुत विध्यालय बालाखुट्टीका शिक्षक, प्रधानाध्यापक , विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी पालिका शिक्षा समिति पदाधिकारीहरुमा सहभागिता रहेको थियो। बाल कल्याण आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुबेदीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
यस्तै प्रमुख प्रशिक्षकमा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल रहनु भएको थियो।

