
Pbu
Ggp
Rgp1
pku
Srbpu
Rgp
Lnp
Unsku
Sgr

Asm
Bbbpu
Rsb
Rgs
Vor
Pvg
Sbs
nsb
Ggd
Tsm
Sls
Wsp
Gst
Rgu
Ssm
Ksm
Bbu
Rgu
Hal

Pls
bbt
Bml
Abd
Jmb
sab
Rmb
Rpp
Syp
Jmb
Gsb
Mks
Ptm
हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ ।
आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षीय सार्की माईला भन्ने कालु गोले रहेका छन् ।
त्यस्तै अभियुक्तद्वयले २०६३ जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर–४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए ।
यस्तै घटना पश्चात फरार रहेका प्रतिवादीहरु उपर जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसारको कैद बेरुजु फछर्यौटका लागी खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरबाटै पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै अभियुक्तद्वय स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्ष कैद सजाय तोकेको थियो । अदालतको उक्त फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेस गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनु भयो ।
