
Lnp
Pbu
Unsku
Ggp
Rgp
Sgr
pku
Srbpu
Rgp1

Tsm
Bbbpu
Pvg
Sbs
Ggd
Ssm
Vor
Rgs
Asm
nsb
Gst
Wsp
Rgu
Sls
Rgu
Ksm
Rsb
Hal
Bbu

Jmb
Bml
Rpp
Syp
Rmb
Pls
Jmb
Gsb
Abd
bbt
Mks
Ptm
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ कालापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबाको प्रचारप्रसार तथा परम्परागत मौलिक संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले पालिका स्तरीय खुल्ला भजनकृतन प्रतियोगिता कार्यक्रम शनिबार खाैराबाबा मन्दिर परिसरमा सम्पन्न भएको छ।
खाैराबाबा धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण विकास समितिकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे।
खाैराबाबा धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण विकास समितिका अध्यक्ष बिर्ख बहादुर महराको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्य एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हाे।
पालिकाका विभिन्न वडाका ८ वटा भजन कृतन समूहहरुले भाग लिएकाे उक्त प्रतियोगितामा सगरापुर भजन कृतन समूह प्रथम ,राप्ती गाउँपालिका च्याम्बर अफ कमर्शकाे भजन कृतन समूह द्वितीय र गाैरी शंकर शिवालय भक्त समाजकाे भजन कृतन समूह तृतीय भएका थिए।
प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुने समूहहरुलाई क्रमश ७ हजार ,५ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।भने अन्य सहभागी समूहहरुलाई प्रति समूह २/२ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताको निर्णायकहरुमा विश्वम्भर ज्ञवाली ,आशाराम चाैधरी,बासुदेव ज्ञवाली र श्रीधर अधिकारी रहनु भएको थियोे । साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भजनकृतन प्रतियोगिताले बिस्तारै लाेप हुँदै गइरहेको परम्परागत मौलिक संस्कृतिकाे संरक्षण सँगै गाउँपालिकाकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबाको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष कमलापती चाैधरीले पछिल्लो समय समाज आधुनिकता तर्फ गई रहेकाले परम्परागत मौलिक संस्कृतिकाे संरक्षण गर्नु स्थानीय निकायको दायित्व भएको बताउनुभयो । कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ ,वडा नं.५ का वडा सदस्य गाेविन्द बहादुर कुँवर क्षेत्री ,राम दतिवन धाम बाणगंगा कपिलवस्तुका कृष्ण शरण महाराज ,टाेल विकास संस्थाका प्रतिनिधि ,पत्रकार लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।
संरक्षण विकास समितिका काेषाध्यक्ष रामलाल पाण्डेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सञ्चालन समितिका सचिव छविलाल चाैधरीले गर्नु भएको थियो ।

