
Srbpu
Sgr
Rgp1
Ggp
pku
Unsku
Pbu
Lnp
Rgp

Rgu
Ggd
Wsp
Ssm
Pvg
Rgu
Rgs
Asm
Tsm
nsb
Sbs
Bbu
Sls
Vor
Ksm
Rsb
Hal
Bbbpu
Gst

Rpp
Syp
Gsb
Rmb
Ptm
Jmb
Bml
Jmb
bbt
Mks
Pls
sab
Abd
दाङ । दाङको भालुबाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ । गएराति नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिला सहित ११ पुरुषको सनाखत भएको हो ।
त्यस्तै दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय. सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् ।
यस्तै अहिले लमही अस्पतालमा शवको पोस्टमार्टम जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनु भयो । ५ जनाको पोस्टमार्टम भैसकेको उहाँले बताउनु भयो । नमस्ते यातायात प्रालिको उक्त बसमा चालकसहित ३७ जना सवार थिए ।
जसमध्ये ६ महिला र १८ जना पुरुष गरी २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार चौराहा अस्पताल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुवाङमा एक, प्रस्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको छ ।
त्यस्तै घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताउनु भयो । बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
