
Pbu
Ggp
Sgr
Unsku
Lnp
Srbpu
pku
Rgp1
Rgp

Bbbpu
Wsp
Ssm
Bbu
Rgu
Pvg
Gst
Ggd
Tsm
Ksm
Rgs
Asm
Hal
Sls
Sbs
Rsb
Vor
Rgu
nsb

sab
Ptm
Syp
Bml
Pls
Jmb
Jmb
Rmb
Rpp
bbt
Abd
Gsb
Mks
दाङ । दाङको प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्य एक हो रिहार बगारबाबा धाम ।
लमही नगरपालिका वडा नम्बर ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठूलो मेला लाग्ने गर्छ । मेलाको पुर्ब सन्ध्यामा चहलपहल शुरु भईसकेको छ । ब्यापारका लागि स्टल राख्ने र भक्तालु जनहरु आउने जाने प्रक्रिया १५ दिन अघिदेखी शुरु भईसकेको छ ।
खासगरी भारतीय तिर्थयात्रीहरुको यहाँ घुईचो लाग्ने गर्दछ । यस वर्ष पनि भारतीय तिर्थयात्रीको संख्या बढ्न सक्ने बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीले बताए । उनका अनुसार यसबर्ष आन्तरिक तथा बाह्य गरी तीनदेखि साढे तीनलाख सम्म पर्यटकलाई अबलोकन गराउने समितीको लक्ष्य छ । यसक्षेत्रमा रहेका मामी सौरी मन्दिर, बगारबाबा, गणेश मन्दिर, कालि, शिवको मन्दिर, झाँक्रि थान, बराह, सुर्यकोण, कोटीहोम लगायतका क्षेत्रहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । यसमध्य तप्तकुण्डमा स्नान र भौरी ढुँगा बोकेर मन्दिर परिक्रमा गर्नेहरुको भिड देखिन्छ । तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास सँगै चर्मरोगहरु निको हुने जनबिश्वास छ । को बलियो भन्ने मान्यताका साथ भौरी ढुँगा बोक्नेको लहरपनि त्यतिकै हुन्छ ।
त्यस्तै बगार बाबा र बराह मन्दिरमा भेडाको बलि दिने चलन छ । भाकल अनुसार भेडाको बलि चढाए मनोआकाँक्षा पूरा हुने बिश्वास गरिन्छ । यहाँ अबस्थित धार्मिक क्षेत्रहरुको आ-आफ्नै ईतिहास छन । द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।
राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा छ । यहाँका मन्दिरमा पुजा अराधना गरेपछि बगारबाबा खुसी हुने र सन्तान, धन सम्पत्ति लाभ हुुने विश्वास छ ।
रिहारलाई खासगरी यदुवंशी अर्थात यादवहरुले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । यदुवंशीहरुले यसक्षत्रालाई आफ्नो सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । क्षेत्रमा थारु जातीहरुको पनि सँस्कृति जोडिएको छ । थारु जातीहरुले परापुर्वकाल देखी यसक्षेत्रमा गोठ बनाएर गाई चराउने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् । आध्यात्मिक र तान्त्रिक गरि दुबै थरीका पुजा गरिने भएकाले पनि रिहार सबै तीर्थालुको आस्थाको गन्तव्य बनेको छ । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको किंबदन्ती छ ।
नेपाल सरकारको एकसय पर्यटकिय क्षेत्र मध्यमा पर्ने धार्मिक क्षेत्र रिहारमा पौष २८ देखि माघको ३ गतेसम्म मेलाको आयोजनाको तयारी गरिएको समितीका अध्यक्ष खत्रीले बताए । मेलामा ५५ वटा स्टल रहनुका साथै मोटर बोट, चर्पे पिङ, झुला लगायतले थप आकर्षण बढाउने बिश्वास गरिएको छ । समितीले गतबर्षदेखी मेला आफै लगाउँदै आएको छ । यो भन्दा अघि टेण्डर प्रक्रियामा मेला लाग्ने गर्दथ्यो ।

