आलोक भावुक/गढवा शुक्रबार, पुष २७, २०८०

दाङ । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो।

बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। हाम्रो मौलिक कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रवर्द्धन गर्न नसके आउने पुस्ताले त्यसको बारेमा जानकार नहुने बताउनु भयो। मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हामी सबैको दायित्व भएको बताउदै कला, संस्कृति, भेषभुसा हाम्रो ठुलो सम्पत्ति भएको बताउनुभयो।

त्यस्तै लोपोन्मुख कला संस्कृतिको संरक्षण, सम्वर्द्धन र उन्नयनमा पालिकाको सदैव साथ र सहयोग रहने बताउनुभयो । बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन कार्यक्रम गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

यस्तै उद्घाटन कार्यक्रममा ६ नम्बर वडासदस्य दिनमणी आचार्य, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, हर्ट फाउण्डेशनका अध्यक्ष रविलाल आचार्य, पत्रकार दशरथ घिमिरे, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका सचिव तिलक पुनले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]