
Rbs
Pbu
syysr
Bksbus5
Syees
Amb
Ratbs
gms
Nssbus7
Jsbus
Ddhbs
dsbus
Ssbus
Gsl
Csbus
Gsbus

Wsp
Asm
Rgu
Rsb
Vor
Sls
Bbu
Pvg
Sbs
nsb
Ksm
Tsm
Hal
Ssm
Rgs
Rgu
Gst
Ggd
Bbbpu

Ptm
sab
Rpp
Abd
Mks
Syp
Gsb
Jmb
Pls
Jmb
bbt
Bml
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक २८ जना पञ्चैबाजा टिमलाई हस्तान्तरण गर्नु भएको हो।
पञ्चैबाजा जस्तो लोपोन्मुख कला संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्दै बढेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई बहु सांस्कृतिक संग्रहालयको रुपमा बिकाश गर्ने र गढवा गाउँपालिकाको नमूना सांस्कृतिक समूह बनाउनका लागि पालिकाबाट हुने हरसम्भव मद्दम गरिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।
लोपोन्मुख पञ्चैबाजाको संरक्षण गर्नु पालिकाको जिम्मेवारी भएको बताउदै अध्यक्ष पोख्रेलले पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको लागि आर्थिक बर्ष २०८०/०८१ मा दुई लाख रुपैयाँ बिनियोजन गरिएको बताउनु भयो । स्थानीय स्तरमा भएको कला, संस्कृति, बाजाहरुको संरक्षण र प्रवर्द्धन गर्ने गरी कार्यक्रमहरु अघि बढाएको बताउदै मौलिक बाजाहरु बिभिन्न समुदायका जस्तै पहाडी समुदायको पञ्चैबाजा, थारु समुदायको बिभिन्न बाजा, लोपोन्मुख संस्कृति र मधेसी समुदायमा पनि भएको मुख्य बाजाहरु, लोक संस्कृतिहरुको पहिचान गर्दै संरक्षण र प्रवर्द्धन गर्नु पर्ने बताउनुभयो ।
गढवा पञ्चैबाजाटिमले केही समय पहिले देखी नै लोप हुन थालेको संस्कृति, नाचगान भेषभुसा लगाएकतको संरक्षण गर्ने गरी काम गरीरहेकोले पञ्चैबाजा लाई विधिवत् रुपमा दर्ता गरी यसै मार्फत बिभिन्न समुदायहरुको कला संस्कृति भेषभुसाको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गरेको बताउनु भयो। हाम्रो मौलिक बाजागाजा, भेषभुसा र कला संस्कृति लाई अहिले यो पुस्ताको संरक्षण गर्न नसके लोप हुने भएकोले संरक्षणमा आफु अग्रसर भएको बताउनुभयो।
त्यसैगरी नेपाली पोशाक हस्तान्तरण कार्यक्रम बोल्दै गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाले कला संस्कृति संरक्षणमा गढवा गाउँपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो।सुरुवाती चरणमा गढवा गाउँपालिकाको सहयोगमा बाजा खरिद गरि तालिम सिकेर हामी सुरीवात गरेका हौं-अहिले हामीहरुलाई दाङ र दाङ आसपासका जिल्लामा समेत बिवाह,पूजाआजा लगायतका शुभकार्यमा बजा बजाउन भ्याई नभ्याई भएको भएको बताउदै पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र लाई थप सक्रिय र नमुना बनाउन गढवा गाउँपालिकाको साथ सहयोगको खाँचो रहेको बताउनुभयो।
मिनि बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले निर्माण गरेको मिनि बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संग्रहालयहरुको उद्घाटन गर्नु भएको छ ।हाल संग्रहालरमा करीव २० प्रकारको लोपोन्मुख बाजाहरु राखिएको छ। संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रलले आगामी दिनमा मिनि संग्रहालयलाई बहु सांस्कृतिक संग्रहालयको रुपमा संरक्षण गर्ने बताउनु भयो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको नेपाली पोशाक हस्तान्तरण कार्यक्रममा ६ नम्बर वडासदस्य दिनमणी आचार्य, नेपाल हर्ट फाउण्डेशनका अध्यक्ष रविलाल आचार्य, पत्रकार दशरथ घिमिरे लगायतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

