Sidha Patra बुधबार, पुष २५, २०८०

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मानसिक सँगै शारिरिक बिकाशका निम्ती खेलकुद अनिबार्य रहेको बताएका छन् ।

लमही नगरपालिकाले आयोजना गरेको राष्ट्रपती रनिङ्ग शिल्डको उद्घाटन गर्दै मन्त्रि खनालले यस्तो बताएका हुन ।

बिद्यालय स्तरिय रनिङ शिल्डले बिद्यार्थीमा लुकेर बसेको क्षमता उजागर हुने र युवा खेलाडी तयार गर्न महत्वपुर्ण भुमिका खेल्नेमा बिश्वास ब्यक्त गरे । खेलकुदले मानिसको शारिरिक स्वास्थ्यमा मद्दत गर्ने र जसले गर्दा समाजमा जागरुक हुँदै नेतृत्व तहमा पुग्न सकिने बताए । पेशासँग जोडेर निरन्तर खेल्दै जाँदा आर्थिक आर्जनमा लाभ हुने बताउँदै मन्त्री खनालले बिदेशमा समेत हायर भएर देशको नाम रोषनी गर्नसक्ने बताए ।

पछिल्लो समय बिद्यार्थीहरु कुलतमा फसिरहेको र खेलतर्फ ध्यान दिँदा त्यसबाट वच्न सकिने बताए । केही खेलाडीहरुको उदाहरण दिदै मन्त्री खनालले शिक्षा, कला, सहित्य सँगै खेलबाट पनि अगाडि बढ्न सकिने भनी बिद्यार्थीलाई हौसाए । ‘खेलबाट अगाडि बढि रहेका छन, खेलतर्फ ध्यान दिने सधै सफल्ताको बाटोमा लाग्छ मन्त्री खनालले भने-कुलतबाट जोगिने भयो, स्वास्थ्य तन्दरुस्ट हुँदै समाज उजागरमा अघि बढ्न सकिन्छ ।’

उनले बिद्यार्थीहरुमा बिदेश जाने ट्रेन बढेको र त्यसलाई रोक्न सरकारलाई ब्यबसायिक शिक्षामा जोड दिन आग्रह गरे । फरक प्रसँगमा मन्त्री खनालले लमहीमा स्वास्थ्यको लागि ट्रमा सेन्टर छिटो सँचालनमा लिने बताए । ट्रमा सेन्टरका लागी बजेट कमि हुन नदिन प्रतिबद्दता समेत ब्यक्त गरे । ‘प्रमुख राजमार्ग सँगै देउखुरीको प्रमुख ब्यापारिक केन्द्र लमही भएकोले लमहीमा ट्रमा सेन्टर आबस्यक छ मन्त्री खनालले भने-ट्रमा सेन्टर बन्छ, यहाका जनताले सुबिधा पाउँछन्, बिश्वस्त हुनुस ।’ भालुबाङ अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण गर्न लागि परेको बताउँदै उनले बिरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न लमही अस्पताललाई पनि बिशेषज्ञ सहित स्तरबृद्दी गरिने जानकारी दिए ।

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित लमही नगरपालिकाले छैठौ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । पहिलेका बर्षहरुमा कुनै बिद्यालयलाई जिम्मा दिई प्रतियोगिता हुन्थ्यो । अहिले भने पालिकाले आफै आयोजना गरेको हो । पालिका स्तरमा निजि तथा सामुदायिक बिद्यालय गरि ४८ वटा भएपनि प्रतियोगितामा १९ बिद्यालयले सहभागी जनाएका छन ।

लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा पत्रकार चुमा आचार्य, आदर्श नमुना माध्यमिक बिद्यालय देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल, देउखुरी बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष लालबिर खड्का, वडा नम्बर ६ का वडाध्यक्ष श्याम नारायण चौधरी, जिल्ला खेलकुद बिकाश समितीका सदस्य अनिल रिजाल, लमही नगरपालिकाका पुर्ब उपप्रमुख देबका बेलबासे र पुर्ब नगरप्रमुख कुल बहादुर केसीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]