
pku
Lnp
Rgp
Sgr
Rgp1
Ggp
Pbu
Unsku
Srbpu

Ksm
Wsp
nsb
Bbbpu
Sbs
Hal
Asm
Rgu
Sls
Ssm
Gst
Rgs
Rgu
Ggd
Tsm
Rsb
Vor
Pvg
Bbu

bbt
Abd
Rpp
Bml
Jmb
Syp
Ptm
sab
Gsb
Rmb
Jmb
Mks
Pls
दाङ । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनद्वारा लमही नगरपालिकामा युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला सोमबार सम्पन्न भएको छ ।
युवा गणेश कुमालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सदस्य तथा देउखुरीका इन्चार्ज बिक्रम सीको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सल्लाहकार साउनी सीको विशेष अतिथिमा बसेको युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेलाले ४९ जनाको कमिटी रहनेगरि लमहीमा जनवर्गीय संगठन गठन गरिएको हो ।
युवा संगठन नेपाल लमही नगर कमिटीको अध्यक्षमा करण सी,उपाध्यक्षमा गणेश सी,सचिवमा यज्ञ सी गरि १७ जनाको कमिटी गठन गरिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) नगर कमिटीको अध्यक्षमा अनिश सी,उपाध्यक्षमा शान्ता सी,सचिवमा आयुश सी,कोषाध्यक्षमा रचना सी,सहसचिवमा सुबि सी गरि १९ जनाको कमिटी गठन भएको छ ।
त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी नगरको अध्यक्षमा लक्ष्मी सी,सचिव अर्पना सी लगायत १३ जनाको कमिटी गठन भएको नेपाल कम्युनिष्ट पार्टी लमही नगरका इन्चार्ज मुक्ति सीले जानकारी दिनु भयो ।
त्यस्तै उक्त युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला पस्च्यात नेपाल कम्युनिष्ट पार्टी देउखुरीका इन्चार्ज बिक्रम सीले नव गठित कमिटीका अध्यक्ष लगायत पदाधिकारीलाई बधाई दिदै पार्टीको जनवर्गीय संगठनको प्रमुख उदेश्य भनेको समाजवाद प्राप्तिका लागि रहेकोे हुँदा आफ्नो जिम्मेवारीलाई आत्मसात गरेर काम कार्य गर्न आग्रह गर्नु भएको थियो ।
अनेरास्ववियु (क्रान्तिकारी) क जिल्ला संयोजक समता सी र युवा संगठन नेपालका अदिप सीले नव गठित कमिटीलाई बधाई शुभकामना दिनु भएको थियो । उक्त भेलामा पार्टीको जसबका विभिन्न कमिटीका नगर र जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भेला कार्यक्रमको संचालन अनिश सीले गर्नु भएको थियो ।

