
Pbu
Mbdvs
Rbs
Sds
Ksm
Gisld
Gmk
mbd
Anm

Tsm
Wsp
Ggd
Sbs
nsb
Bbbpu
Rgs
Rgu
Asm
Sls
Gst
Ssm
Rgu
Bbu
Pvg
Vor
Hal
Ksm
Rsb

sab
Jmb
bbt
Mks
Rmb
Pls
Syp
Jmb
Bml
Gsb
Abd
Rpp
Ptm
दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल र अन्तर्राष्ट्रिय समन्वय समिति विदेश विभागको संयुक्त सहकार्य एवं समन्वयमा मांसपेशी शाेष रोगको पीडित सीयोना श्रेष्ठलाई उपचारको लागि ६९ हजार,दुई सय,१ रुपैया संस्थाले सहयोग गरेको छ ।
क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रिय समन्वय समिति संरक्षक दिपेन्द्र घर्ती मगरको संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका विदेश विभाग प्रमुख रमेश बुढा मगरको संयुक्त नेतृत्वमा उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिसकेको सहयोगी मनहरुलाई र देश विदेशमा रहनु हुने सम्पुर्णमा संस्थाले जानकारी दिएको हो ।
पीडित श्रेष्ठको लागि आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्नु हुने किसान काफ्ले तथा सम्पूर्ण अल बराक कम्पनीमा कार्यरत सबै नेपाली मनकारी मित्रहरुमा क्यान्सर पीडित सहयोग समाज दाङ संस्थाले धेरै धेरै धन्यवाद दिएको छ । साथै उक्त रकम समाजसेवी एवं बुद्धिजीवी हाल अमेरिकामा बसोबास गर्दै आउनु हुने,इशा गुरुङसंग सहकार्य गरि सबैको सल्लाह सुझाव लिएर यहीँ तिहारको अवसरमा जम्मा गरिदिने संस्थाले जानकारी दिएको छ ।
क्यान्सर पीडित सहयोग समाज दाङ नेपालले पछिल्लो समय समाजमा निम्न वर्ग जो क्यान्सर पीडित भएपछि उपचार गर्न नसकिरहेको अबस्थामा संस्थाले देश विदेशमा रहनु भएका दाजु-भाइ,दिदीबहिनी संग सहकार्य एवं समन्वय गरि पीडितको उपचार खर्च जुटाएर हस्तान्तरण गर्दै आइरहेको छ भने अहिले संस्थाले आफ्नो अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरि सकेको छ । जसमा अध्यक्ष बाके जिल्ला हाल साइप्रसमा कार्यरत रमिता थापा हुनुन्छ । त्यस्तै नेपाल कार्यसमितिको अध्यक्षमा चन्द्र बाठा मगर जो रोल्पा जिल्ला परिवर्तन गाउँपालिका देखि नेतृत्व गरिरहनु भएको क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका प्रमुख संस्थापक विशाल रोका मगरले सिधा पत्र डट कमलाई जानकारी दिनु भएको हो ।

