
Ddhbs
dsbus
Csbus
Ratbs
Bksbus5
Amb
Pbu
Gsbus
Rbs
Ssbus
gms
Gsl
Nssbus7
Jsbus

Wsp
Vor
Rsb
Rgs
Rgu
Pvg
Gst
Sls
Ssm
Bbbpu
Asm
nsb
Hal
Tsm
Sbs
Ksm
Rgu
Ggd
Bbu

Rpp
Gsb
Abd
bbt
Pls
Jmb
sab
Mks
Syp
Ptm
Jmb
Rmb
Bml
दाङ । घोराही उपमहानगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले जित हात पारेको छ ।
नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवम् गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको व्यवस्थापनमा तीन दिनसम्म संचालन भइ शनिबार आज सम्पन्न भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएका प्रतिष्पर्धामा १७ स्वर्ण, ७ रजत र ९ काश्यसहित ३३ मेडल प्राप्त गर्दै घोराही १४ स्थित गोरखा स्कुलले उपाधि हात पारेको हो ।
त्यस्तै गोरखा माविले पछिल्लो समय हरेक खेलकुदका प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । केही दिनअघि सम्पन्न नगरस्तरीय दोश्रो प्याब्सन रनिङ शिल्डमा पनि उपाधि जितेको थियो । यस्तै उक्त १६ औँ राष्ट्रपति रनिङ शिल्डमा ४ स्वर्ण, ६ रजत र ९ काश्यसहित १९ मेडल जित्दै घोराही १५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुर दोश्रो भएको छ । घोराही – १४ मा बालविकास माविले ४ स्वर्ण, ४ रजत र ७ काश्य प्राप्त गर्दै प्रतियोगितामा तेश्रो भएको छ ।
घोराही -१७ स्थित गोरक्ष रत्ननाथ मावि चौघेराले ३ स्वर्ण, २ रजत र ४ काश्यसहित ९ मेडल जित्दै सान्त्वना भएको छ । घोराही उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत गरी कुल ५१ विद्यालयको सहभागीता रहेको १६ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्डमा ३४ विद्यालयले मात्रै मेडल जित्न सफल भएका छन् । गोरखा माविको परिसरमा ३ दिनसम्म संचालन भएको प्रतियोगितामा एथ्लेटिक्सका खेलकुद,भलिबल,कबडी,तेक्वान्दो, कराँते,लङजम्प, हाईजम्प लगायत खेल भएका थिए । दर्जन बढी विधामा भएको प्रतियोगितामा पालिकाभरका हजारौँ विद्यार्थीहरु खेलमा भाग लिएर प्रतिष्पर्धा गरेका थिए ।
त्यस्तै घोराही उपमहानगरपालिका खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको संयोजकत्वमा आयोजित राष्ट्रपति रनिङ शिल्डको समापन समारोहलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बालबालिकाहरुमा खेलकुद प्रतिको आकर्षण र उत्साहलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । खेल स्वास्थ्यका लागि मात्रै नभई जीवनको सही बाटोमा हिँडाउन तय गर्ने आधार भएको हुँदा किताबी ज्ञानलाई व्यवहारमा उतार्न खेलकुदसँग जोड्नुपर्ने बताउनुभयो ।
यस्तै प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका खेलाडी,प्रशिक्षक तथा विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट हुने खेलाडीले मेडल र प्रमाण पत्र पाएका थिए । प्रतियोगितामा विद्यालयका शिक्षकहरुबीच पनि २ सय मिटर दौडमा प्रतियोगिता गरिएको थियो । जसमा गोरखा माविका शिक्षक अजित चौधरी प्रथम,गोरक्ष रत्ननाथ माविका शिक्षक अर्जुन घिमिरे द्वितीय र गोरखा माविकै शिक्षक जुनप्रसाद रोका तृतीय हुनुभएको थियो ।
त्यस्तै आगामी वर्षको १७ औँ राष्ट्रपति रनिङ शिल्ड घोराही २ रामपुरमा रहेको गंगा माविमा हुने भएको छ । यस्तै आगामी वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि गोरखा माविका प्रधानाध्यापक मानसिंह घर्ती मगर, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी,खेलकुद विकास समिति संयोजक नरेन्द्र पुन लगायतले गंगा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरद बिसीलाई झण्डा हस्तान्तण गर्नु भएको थियो ।



