
Lnp
Gfs
Rgp1
Sgr
Srbpu
Pbu
sbs
pku
Rgp
Ggp
Unsku
Djs
Pes
cjs

Rgu
Bbbpu
Sls
Sbs
Ssm
Rgu
Wsp
Asm
Gst
Tsm
Rsb
Rgs
Pvg
Ggd
Vor
Bbu
Ksm
Hal
nsb

Rmb
Syp
Pls
Jmb
Mks
bbt
Bml
sab
Jmb
Rpp
Gsb
Abd
Ptm
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जमा कार्यरत रहनु भएका प्रमुख प्रशासक सम्शेर थापा डिसम्बर ३,२०२३ मावल्डरिर्सच काँग्रेस एशिया अवार्डबाट पुरस्कृत हुनु भएको छ ।
भारतको तिरुचिरापल्ली,तामिलनाडुको व्रिजरेजिडेन्सी होटलमा आयोजित एक भब्य समारोह विचूएशिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२÷२३ बाट प्रमुख प्रशासक थापा पुरस्कृत हुनु भएको हो ।
विगत दुई दशक भन्दा बढी समयदेखि आँखा स्वास्थ्य कार्यक्रमको व्यवस्थापन गर्दै आउनु भएका थापा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको विकास र विस्तारमा अंहम भुमिका निर्वाह गर्दै आउनु भएका एक कुशल प्रशासक हुनुहुन्छ ।
नेपाल नेत्र ज्योति संघ, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले साविक राप्ती अञ्चलमा अन्धोपन न्यूनीकरणको कार्यमा गरेको उत्कृष्ठ कार्य, तीन वटै अस्पतालहरुले हालसम्म पुर्याएको सेवाको विकास र विस्तारमा उहाँले निर्वाह गरेको भुमिकाको मुल्याकंन गर्दै एशिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२/२३ प्रदान गरिएको थियो ।
करिव २६ भन्दा बढि विभिन्न राष्ट्रका सहभागीहरु रहेको भव्य कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको थियो । थापाको उत्कृष्ट प्रशासकीय भुमिकाले आँखा स्वास्थ्य कार्यक्रमको स्तरोन्नति र साविक राप्ती अंचललमा अन्धोपन घटाउनमा उहाँको भुमिका त्यतिकै रहेको छ । आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालीत आँखा अस्पतालले उहाँकै प्रशासकीय कार्यकुशलता तथा सबैको साथ र सहयोगबाट अस्पतालमा विशिष्टकृत सेवा सञ्चालनदेखि एकाडेमीक क्षेत्रको विकास र विस्तारले समेत गतिलिदै आएको छ ।
यसैबीच नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मान तथा हार्दिक बधाई कार्यक्रम आइतबार तुलसीपुरमा गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गिरीले आँखा स्वास्थ्य सेवामा महत्पूर्ण योगदान पुर्याउने थापा उत्कृष्ट प्रशासकको रुपमा छनोट भई एशिया अवार्डबाट पुरस्कृत हुन सफल भएको भन्दै यो सबैको गौरबको विषय भएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का,सचिव घनश्याम सुवेदी, कोषाध्यक्ष श्यामप्रकाश आचार्य,सहसचिव चिरञ्जीवि रिजाल,सदस्यहरु सुरेन्द्रबहादुर खड्का, प्रणव कुमार खड्का,राप्ती आँखा अस्पतालका मे.सु डा सन्तोष सुवेदी,कोर्निया रोग विशेषज्ञ डा.ज्योति सापकोटा,एकाडेमीक चिफ डा.सुरेश रसाइली, अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम लगायत नेत्र अधिकृत,दृष्टि विशेषज्ञ,नेत्रसहयाक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले थापालाई बधाई तथा शुभकामना दिएका थिए ।
यस्तै नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रमले पनि बधाई तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
