
Jsbus
syysr
Gsl
Ratbs
gms
dsbus
Ddhbs
Nssbus7
Amb
Ssbus
Gsbus
Bksbus5
Rbs
Syees
Pbu
Csbus

Rgu
Rgs
Asm
Ggd
Gst
Bbbpu
Rsb
Pvg
Bbu
Ssm
Sbs
nsb
Ksm
Vor
Rgu
Tsm
Hal
Sls
Wsp

Pls
Jmb
Ptm
Syp
bbt
Rmb
Rpp
sab
Abd
Mks
Bml
Jmb
Gsb
दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भन्दै समाजलाई डोर्याउनेगरी साहित्यकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी,प्रगतिशील लेखक संघ दाङका सल्लाहकार पद्मप्रसाद शर्मा,राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा समिर,बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेल,कवि एवं साहित्यकार नारायण नेपाल, सिस्नोपानी दाङका अध्यक्ष डा.लोकराज पराजुली, सांस्कृतिक मञ्चका संस्थापक अध्यक्ष देवराज पाठक, साहित्यकार गणेश विषम, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानमा अध्यक्ष डिल्लीराज श्रीधर, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार गायक यादवनाथ योगी, संगीतकार राजेश क्षेत्री, साहित्यकार रेशम विसी, चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, साहित्यकार अर्जुन सरलगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा तीनवटा कृति विमोचन गरिएको थियो । दुर्गादेवी अधिकारीद्वारा लिखित आमाको वेदना, जागेश्वर घिमिरेद्वारा लिखित देउखुरीमा बाछिटा, शेषमणि शर्मा घिमिरेद्वारा लिखित देउखुरीको माटो नामक कृति विमोचन गरिएको थियो । आफ्नो कृतिको बारेमा कृतिकारहरुले धारणा राखेका थिए । सो अवसरमा ठागुरामपति साहित्य प्रतिभा पुरस्कारबाट केशव दीपक शर्मा, खिमानन्द केशरा साहित्य सम्मान शेरबहादुर चौधरीलाई, होत विष्णु साहित्य सम्मान गंगानाथ कोइरालालाई, पाठक कला संगीत सम्मान सन्तोष श्रेष्ठलाई प्रदान गरिएको छ ।
शेषमणि शर्मा घिमिरेद्वारा स्थापित १६ वर्षमुनिका साहित्यिक प्रतिभा समिर केसी, शान्ति गुप्ता र अनिता सुन्दासलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बाल मुकुन्द शर्माले केदाररन्त पद्य साहित्यक सम्मानका लागि अक्षयकोष स्थापना गर्न ५५ हजार पाँच सय ५५ रुपैयाँ को चेक मञ्चका अध्यक्ष हरि पोख्रेललाई हस्तान्तरण गरेका थिए ।
संस्थाको वार्षिक प्रतिवेदन सदस्य योगमाया शाही र आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिपा खत्रीले प्रस्तुत गरेका थिए । उपाध्यक्ष राधा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन केशव शर्मा घिमिरेले गरेका थिए । बन्दसत्रले मञ्चका सचिव शिवराज पन्थीले दिएको राजीनामा स्वीकृत गर्दै केशव शर्मा घिमिरेलाई सचिवमा मनोनयन गरेको छ । सहसचिवमा योगमाया शाही र रिक्त सदस्यमा रेशम बिसीलाई मनोयन गरेको छ । अक्षयकोष निर्देशिका समेत पारित गरेको छ ।
३० लाखको लागतमा साहित्य मञ्चको भवन निर्माण
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवन निर्माण गरि उद्घाटन गरिएको छ । लमही नगरपालिका–५ स्थित रातोडाँडामा करिब ३० लाखको लागतमा निर्माण भएको भवनको शनिबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् ।
मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, सिस्नो पानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, आजीवन सदस्य उमाकान्त पन्थ, पत्रकार लिला शाह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
भवन निर्माणमा अनुदान सहयोग गर्ने लमही नगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकालाई कदरपत्र प्रदान गरिएको छ । त्यसैगरी विशेष योगदान पु¥याउने लमही नगरपालिका–३ बनगाउँ निवासी साहित्यकार नीमबहादुर थापा, लमही–४ अर्नहवा निवासी श्याम भण्डारी, लमही–५ रातोडाँडाका घनश्याम सुवेदी, लमही–६ देउपुरका मानबहादुर चौधरीलाई सम्मान गरिएको छ । नवनिर्मित भवनको २०७५ माघ २७ गते श्रीपञ्चमीको दिन लमही नगरपालिकाका तत्कालीन प्रमुख कुलबहादुर केसीले शिलान्यास गरेका थिए । लमही नगर विकास समितिले लिजमा उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहलसमेतको भवन तयार गरिएको हो ।
त्यस्तै आर्थिक सहभागितामा लमही नगरपालिकाबाट १७ लाख, राजपुर गाउँपालिकाबाट दुई लाख, राप्ती गाउँपालिकाबाट एक लाख ५० हजार र गढवा गाउँपालिकाबाट एक लाख २५ हजार अनुदान सहयोग प्राप्त भएको थियो । कार्यसमिति सदस्य योगमाया शाहीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण भवन निर्माण समितिका संयोजक नीमबहादुर थापाले गरेका थिए ।
