
Gsbr-6
Gsbg-3
Usbl-7
Pbu
Msbg-2
Jsbr-3
Csbg-7
ksbl-7
Jsbg-7
Rksr-7


रुपन्देही । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि सुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका हुन् ।
रुपन्देही जिल्लाको बुटवलमा आजदेखि सुरु भएको काङ्ग्रेसको प्रथम प्रदेश सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट सुरु भएको काङ्ग्रेस अब बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा निकै छोटो बोलेका देउवाले भने,‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’ उनले भने । धेरै नेताहरुले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरुलाई पटक-पटक छोटो बोल्न आग्रह गरेका थिए ।
त्यस्तै पार्टी सभापति देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। देउवा हिँडेपछि अरु नेताले आफ्नो धारणा कार्यक्रममा जारी राखेका थिए ।
सम्मेलन कार्यक्रममा लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगरले प्रदेशका १२ वटा जिल्ला मध्य १० जिल्लामा जिल्ला स्तरीय सम्मेलन सम्पन्न भएको र पाल्पा र बर्दिया जिल्लामा अब केही दिन भित्रमा सम्मेलन हुने बताए । आज सुरु भएको उक्त सम्मेलन भोलि १७ गतेसम्म चल्ने छ ।
