
Sgp
Usb
Dus
Ggp
Pbu
Lnp
Asb
ksb
Rgp
Rgp
Rgp
Dbs
Rgp
lnp
Ggp
Jns
Lks


दाङ । महान्याधिवक्ताको कार्यालयले बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने गलत कार्य रोक्न सबै सरोकारवाला मन्त्रालय मार्फत स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
बलात्कारजस्ता जघन्य अपराध मिलापत्र गराउन जनप्रतिनिधि नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला महान्याधिवक्ताको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न निर्देशन दिएको हो ।
गम्भीर प्रकृतिका कसूरमा पनि सहमति भएका समाचार आइरहेकाले त्यस्ता कसूर रोक्न सबै स्थानीय तहलाई आवश्यक निरोधात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न र गराउन निर्देशन दिइएको महान्याधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता सञ्जिवराज रेग्मीले बताउनु भयो ।
