
Rgp1
Lnp
Srbpu
Pbu
Sgr
Ggp
Unsku
pku
Rgp

nsb
Rsb
Hal
Bbbpu
Vor
Rgu
Ggd
Sbs
Sls
Ksm
Tsm
Gst
Rgu
Bbu
Pvg
Wsp
Ssm
Asm
Rgs

Rpp
Abd
Mks
Pls
Rmb
Jmb
sab
Ptm
Jmb
bbt
Syp
Bml
Gsb
दाङ । शिव पृथ्वीनारायण चार धाम लमही नगरपालिका ८ सतवरिया ( बिच्कागाउँ)मा त्रिशूल र घण्टा स्थापना गरिएको छ ।
शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका-५ पहरूवा पछिको दोस्रो धामको रूपमा स्थापित शिव पृथ्वीनारायण चारधाममा ४३ फिट अग्लो, ५.५ इन्च मोटाई रहेको त्रिशुल र साढे २१ किलोको घण्टा स्थापना गरिएको हो ।
स्व. गुल्पी चाैधरीको स्मृतिमा सो त्रिशूल तथा घण्टा स्थापना गरिएको हो । कुल १ लाख ७५ हजारको लगानीमा त्रिशूल र घण्टा स्थापना गरिएको हो । जसमा १ लाख ५० हजारको लगानीमा त्रिशूल र २५ हजार रूपैयाँको लगानीमा घण्टा खरिद गरि स्थापना गरिएको धामका प्रमुख कालिराम चाैधरी (कालिबाबा) ले जानकारी दिएका छन् ।
त्रिशूल तथा घण्टाको स्थापना शिवसवरी धाम धार्मिक केन्द्रका प्रमुख संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले गरेका थिए । त्रिशूल तथा घण्टा स्थापना गर्नु पुर्व चारधामबाट कलश यात्रा निकालिएको थियोे ।
कालिराम चाैधरी (कालिबाबा), श्रीमती जल्साची चाैधरी (शिव पार्वती),छोरा/ बुहारीहरू फिर्तुलाल चाैधरी/ भिमा चाैधरी,विकास चाैधरी/ खुसरामी चाैधरी नातिनीहरू अनुजा,आरोही,नाती आसिम चाैधरीको परिवारले धाममा त्रिशल तथा घण्टा स्थापना गरेका हुन् ।
त्रिशूल तथा घण्टा स्थापना कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का, शिवसवरी धाम धार्मिक केन्द्रका प्रमुख संरक्षक गुरु शिवलक्ष्मी चाैधरी, संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरी, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, सिधापत्र अनलाइन टेलिभिजनका सञ्चालक तथा प्रबन्ध निर्देशक मेगमन बुढा, निर्देशक भानु जोशी लगायतको उपस्थिति रहेको थियो ।
