Sidha Patra शनिबार, मंसिर ०९, २०८०

काठमाडौं । शुक्रबारदेखि भारतको पिथौरागढमा नेपाल–भारतको संयुक्त सैन्य अभ्यास प्रारम्भ भएको छ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन्। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ।

गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो। यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध पक्ष, पर्यावरण संरक्षण, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकला सम्बन्धी व्यावहारिक ज्ञान दिइनेछ।

यसैगरी द्विपक्षीय सैन्यअभ्यासबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुवै मुलुकका सेनाको सहकार्य,साझेदारी एवं साझा सुरक्षा चासो सम्बोधन गर्न योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]