
Lnp
Rgp1
Gfs
pku
Djs
Pes
sbs
cjs
Srbpu
Rgp
Sgr
Unsku
Ggp
Pbu

Rgs
Pvg
nsb
Wsp
Rgu
Sls
Hal
Ggd
Ksm
Asm
Sbs
Rsb
Ssm
Bbu
Rgu
Vor
Tsm
Bbbpu
Gst

Rpp
Pls
Mks
Bml
Jmb
Abd
Syp
Ptm
sab
Jmb
bbt
Rmb
Gsb
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर-२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र मंगलवार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनु भयो । त्यस्तै उहाँले अब आँखाको आधारभुक्त स्वास्थ्य सेवा जनताले पालिकामै पाउने भन्दै पालिकामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रर्दान गर्ने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष धनपति यादवले पालिकाका जनताहरु अब आँखाको आधारभुक्त सेवा पाउनका लागि बाहिर जानुपर्ने बाध्यता अत्य भएको भन्दै आँखा जस्तो सवेदनशिल क्षेत्रलाई आफुहरुले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले पालिकासंग साझेदारीमा विभिन्न कार्यक्रमहरु गरि रहेको र साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।
यस्तै कार्यक्रममा राजपुर गाउँपालिका वडा नं २ का वडाध्यक्ष ओम प्रकास यादवले पालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि आँखा अस्पतालसंगको साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको भन्दै अब पालिकाका जनतालाई सहज हुने बताउनुभयो ।
कार्यक्रममा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासंगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न प्रत्यक पालिकामा एउटा एकिकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप एकिकृत आँखा उपचार केन्द्र राजपुरमा सञ्चालन भएको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनु भयो ।
उद्धघाटनको अवसरमा आयोजित निःशुल्क आँखा जाँच कार्यक्रममा १४७ जनाको आँखा जाँच गरिएको नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो । जसमा ३२ जना मोतियाविन्दुका विरामीहरु भेटिएको र लमही आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका साथै औषधी र चश्मा समेत उपलब्ध गराउने छ ।

