
Tgp
Usb
Rks
Csb
Ksb
Ppu
Ksb
Bsn
Fmb
jsb
Rsb
Ksb
Ssb
Gsb
Ssb
Nsb

Ssb
Usb
Hl1
Gsb
Tsb

Rgu
Nps
ptl
दाङ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनु भयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वाव टेष्ट भने नगरिएको परियारले बताउनुभयो ।
अत्यन्त संबदेनशील स्थान कारागार पनि भएकाले कैदीलाई कोरोना लगायत कुनैपनि संक्रमण हुने खालका रोग प्रति कारागार शाखा सर्तक अबस्थामा रहने गरेको उहाँले बताउनुभयो । मापदण्ड अनुसार साँढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रीत बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।
