
Pbu
Rgp
Rgp1
Lnp
Unsku
Sgr
Ggp
pku
Srbpu

Hal
Rgu
Ssm
Rsb
Ggd
Bbu
Tsm
Rgu
Gst
Sls
Vor
Sbs
nsb
Bbbpu
Rgs
Wsp
Ksm
Asm
Pvg

sab
Ptm
Rpp
Abd
Gsb
bbt
Jmb
Jmb
Syp
Pls
Bml
Rmb
Mks
दाङ । लमही–१ सुण्डबरी निवासी ६४ बर्षिय बिष्णु खत्री बिहान ४ बजे उठेर लमहीको सार्वजनिक बगैचामा योग गर्न आउनुहुन्छ ।
रोगी भएर डाक्टरलाई पैसा तिर्नुभन्दा नियमित योग गरेर शरिरमा रोग लाग्न नदिनु नै उत्तम मानेर नियमित योगमा सहभागी हुने गरेकी छु–उहाँले भन्नुभयो । उमेरले ६४ पुगेकी उहाँले बिहिवार देउखुरीको लमहीमा आयोजीत प्रतिष्पर्धामा ८१ पटक सुर्य नमस्कारको ब्यायाम गरेर उपस्थित नागरिकहरु र अतिथीहरुलाई दंग पार्नुभयो । नियमित योग गर्न निकै जाँगर लाग्छ, मलाई फाईदा पनि भएको छ । योग गरेरै सुगर प्रेसर चट पारेको उहाँले बताउनु हुन्छ ।
त्यसो त गढवा ६ निवासी १३ बषिय वालीका बर्षा यादव पनि गढवामा हुने दैनिक योग शिविरमा सहभागी हुने गर्नुभएको छ । रोग लागेको त थाहा पाएको छैन, बच्चै देखि शरिर मोटो भएकोले घटाउन र रोग लाग्न नदिन सानैदेखि योगगर्न रहर जागेको छ–यादवले भन्नुभयो । लमहीमा बिहिवार आयोजि योग प्रतिष्पर्धामा उहाँ पनि ८१ पटक सुर्यनमस्कार गरेर सम्मानीत हुनु भएको छ ।
नियमित योग गर्न थालेको पाँच महिना भयो । ढाड दुखेर केहि कामपनि गर्न नसक्ने भएकी थिए । योग गर्न थालेपछि ढाड दुख्ने समस्या हराएको छ । अन्य शारीरिक समस्याहरु पनि सुधार भएका छन्–गढवा ६ निवासी शिबा ओलीले भन्नुभयो । नियमित योगले रोग भगायो, प्रेसर र युरीक एसिडको समस्या समाधान भएको छ–गढवा ६ कै हरिकला भट्टराईले भन्नुभयो । देउखुरीको लमही, लालमटिया र गढवामा संचालन भएका निःशुल्क योग शिविरमा सहभागि धेरैले सुगर, प्रेसर,थाईराइट, युरिक एसिड, पायल्स, महिलाहरुको पाठेघरको समस्या र ग्याष्टिक समेतका धेरै समस्याहरु हराएर गएको र कत्तिले त औषधि नै खान छोडेको बताउनुभयो ।
पतञ्जली योग समिति गढवाका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सचिव राम नरेश यादवले योग रोग भगाउने अस्त्र भएको बताउनु हुन्छ । योग त अचम्मको चिज रहेछ शरिरमा लागेका रोगहरु सञ्चो भएको र दिनभर शारीरीक स्फूर्ति बढाएको सहभागि अधिकांश महिला र पुरुषहरुको भनाई रहेको छ । योग मानव स्वास्थ्यको महत्वपुर्ण अंश हो । नियमित योगले मानव शरीरमा लागेका रोगहरु हराउँदै जाने र रोग प्रतिरोधात्मक क्षमता ( युम्यूनिटी पावर ) बढाउने पतञ्जली योग समिति दाङका महिला प्रमुख साहाना श्रेष्ठले बताउनुभयो ।
नियमित ब्यायाम र प्रणायामले मानव शरिरको बाक्लो रगतलाई पातलो गराउने र रोग प्रतिरोधात्मक शक्तिको बिकास हुने पतञ्जली योग समिति लुम्बिनीका प्रशिक्षक दिपक बस्यालले बताउनुभयो । उहाँका अनुसार दाङको तुलसीपुरमा योग बिज्ञान र संस्कार सिकाउने बिद्यालय समेत सञ्चालनको अन्तिम तयारीमा रहेको बताउनु भयो । नियमित ब्यायाम, प्रणायाम र ध्यानले मानव शरिरमा आरोग्यताको शक्ति प्रदान गर्छ । चिन्ता र मानसिक समस्याहरु हलगर्दै जान्छ । योग मानवका लागि दैनिकको भोजन जस्तै हो यो एकदिन गरेर पुग्दैन । निरोगी बन्न र रोगसंग लढ्ने क्षमताको बिकास गर्न दैनिक २ घण्टा आफ्नो स्वास्थ्यकालागि योग गरौं–योग समिति दाङका पुवा प्रभारी केत नारायण आचार्यले भन्नुभयो ।
बिहिवार देउखुरीको लमहीमा आयोजित योग प्रतिष्पर्धामा यादव र खत्री संगै लमहीका गोमा थापा, बिष्णु बस्नेत,कमला केसी र गढवाका रामनरेश यादव,अन्जु परियार गरि ७ जना उत्कृष्ट हुनु भएको र उहाँहरु सबैलाई कार्यक्रमका बिच सम्मान गरिएको पतञ्जली महिला दाङका प्रभारी साहाना श्रेष्ठले जानकारी दिनुभयो । पतञ्जली योग समिति दाङले जिल्लाका स्थानीय सरकार तथा उद्योग बाणिज्य संघहरुसंग समन्वय सहकार्य गर्दै तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र राप्ती उपत्यकामा निःशुल्क योग शिविरहरु संचालन गरिरहेको श्रेष्ठले बताउनुभयो ।

