
pku
Rgp
Rgp1
Srbpu
Pbu
Lnp
Unsku
Sgr
Ggp

Tsm
Gst
Sls
Wsp
Rgu
Hal
Ksm
Sbs
Bbbpu
Ggd
Ssm
Rgu
nsb
Pvg
Vor
Bbu
Asm
Rgs
Rsb

Bml
Pls
Gsb
Jmb
Syp
Jmb
Rpp
Mks
Rmb
bbt
Ptm
sab
Abd
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजार बेलामा अनुगमन गरेको छ ।
संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । यसै अनुरूप राजपुर गाउँपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ। पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो ।
अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए नभएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिलको अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदि लगायतको बारेमा बुझिएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बताउनु भयो। उहाँले स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको भन्नु भयो।
त्यस्तै अनुगमनमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव, राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे, वडा नं २ का वडा अध्यक्ष ओम प्रकाश यादव, प्रहरी चौकी बेलाका इन्चार्ज रकम बहादुर खड्का, सूचना प्राविधिक शरद रेग्मी, महिला-बालबालिका शाखाका सहायक दुर्गा यादव, रोजगार सहायकका पुरन प्रसाद यादव, सञ्चारकर्मी, गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।

