
Ksbus
Lnp
Ggp
Sdc
Rgp
Ggp
Ksbus
Asbus
Msbus


दाङ । लमही आँखा अस्पतालमा नाक,कान, घाँटीको विशेषज्ञ सेवा सुभारम्भ भएको छ । अस्पतालले बुधवारदेखि विशेषज्ञ सहितको सेवा सुरु गरेको हो ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रहरु सहित लमही आँखा अस्पतालले करिब ७ बर्ष पहिलेदेखि प्राथमीक कानसेवा सुरु गरेको थियो । अब भने नाक,कान, घाँटीको विशेषज्ञ डाक्टर आषिश खड्गीद्वारा सेवा सुरु गरिएको हो ।
त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले दातृनिकायको सहयोग तथा नगरविकास समितिले जग्गा उपल्वध गराएसंगै सन २०१४ देखि आँखा अस्पताल स्थापना गरि सेवा दिइएको अस्पतालमा अब नाक, कान,घाँटीको विशेषज्ञ सेवा सुरु गरेको बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा विशेषज्ञ सेवाको शुभारम्भ गर्दै नगरप्रमुख चौधरीले आँखा जस्तै अब नाक,कान, घाँटीको विशेषज्ञ सेवा जनताले यहीँ पाउँदा सहज हुने बताउनु भयो । कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदीले अब आँखासंगै नाक,कान, घाँटीको विशेषज्ञ सेवा यहिबाट दिने कार्यले यहाँका जनतालाई सहज हुने भन्दै आफ्नो सहयोग रहने बताउनु भयो ।
लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव घनश्याम सुवेदी, नाक,कान,घाँटी विशेषज्ञ डाक्टर आषिश खड्गी,समाज सेवि मधु न्यौपाने, गिरीजा न्यौपाने,नेत्र विशेषज्ञ डा.सुदिपलाल राजभण्डारी लगायतले नाक,कान,घाँटीको विशेषज्ञ सेवा लमहीमा सुरु भएसंगै यहाँका जनताले सर्वसुलभ सेवा पाउने बताएका थिए । यसैबिच सेवा शुभारम्भको अवसरमा ५२ जनालाई निःशुल्क सेवा दिएको थियो ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल,लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले ४७ हजार २ सय ६७ जनाको प्राथमीक कान उपचार सेवा दिएको बाह्येक कार्यक्रम संयोजक तथा नेत्र अधिकृत समेत रहेका शालिकराम गौतमले जानकारी दिनु भयो ।

