
pku
Rgp
Ggp
Lnp
Sgr
Pbu
Srbpu
Rgp1
Unsku

Sls
Pvg
Rgu
Ksm
nsb
Rgu
Asm
Gst
Bbbpu
Hal
Wsp
Rgs
Ssm
Ggd
Vor
Bbu
Rsb
Tsm
Sbs

Gsb
bbt
Abd
Jmb
sab
Jmb
Bml
Rmb
Mks
Ptm
Syp
Rpp
Pls
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई स्वागत गरेको छ ।
संघले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो । कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाज सुधारमा मानव सेवा आश्रमले महत्वपूर्ण काम गरेको बताए । मानव सेवा आश्रमको कारण अहिले सडकमा बेवारीसे नागरिक भेटीन छाडेको बताए । यस कार्यमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो ।
यसका अभियानताहरु सबै स्वार्थ त्यागेर सामाजिक कार्यमा लागेको उनको भनाइ रहेको थियो । प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले सामाजिक सेवा गर्ने उदेश्यका साथ मानव सेवा आश्रम अगाडि बढेको बताए । कुनैपनि दातृ निकायको सहयोग नलिएर नै आश्रमले सहयोग गदै आएको उनको भनाइ रहेको छ । ‘यस प्रकारको अभियान सबैको साझा अभियान भएकाले सबै जोडिएर अगाडि बढन आवश्यक छ; प्रजिअ सुवेदीले भने ।
दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले सामाजिक कार्यमा दाङ जिल्ला उद्योग बाणिज्य संघ सहकार्य गरेर अगाडि बढने बताए । ‘सामाजिक कार्यमा उद्योग बाणिज्य संघ तयार रहेको छ’ उनले भने । आश्रमका अध्यक्ष रामजी अधिकारीले २०८२ को अन्तयसम्म नेपालमा सडकमा आश्रीत मानव मुक्त बनाउने योजना रहेको बताए । यसका लागि सबै क्षेत्रको आवश्यक रहेको उनले बताए । अहिले देशका विभिन्न स्थानमा गरेर करिब १७ सयलाइ सेवा गरिरहेको उनको भनाइ रहेको छ । अभियानकै क्रममा हालसम्म १ सय ३० जनालाइ उद्धार गरिएको समेत अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी,आश्रमका कोषाध्यक्ष होमनाथ तिमील्सीना लगायतकाले भनाइ राखेका थिए । संघका उद्योग उपाध्यक्ष धुवराज गहतराजको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । अहिले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहितको टोलीले मेची–महाकाली यात्रा गरिरहेको छ ।

