
Rgp
Srbpu
Pbu
Ggp
Lnp
pku
Unsku
Sgr
Rgp1

Vor
Rgs
Hal
Sbs
Rgu
Rsb
Ssm
Ggd
Gst
Ksm
nsb
Wsp
Bbu
Tsm
Sls
Bbbpu
Asm
Rgu
Pvg

Mks
Gsb
Jmb
Jmb
Rmb
Bml
Ptm
Pls
Abd
sab
Syp
Rpp
bbt
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा ओप्रकाश बस्याल सर्वसम्मत चुनिनु भएको छ ।
गत असोज २७ मा सम्पन्न संघको चौथो अधिवेशन तथा आठौ साधारणसभाको बन्दशत्रबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि संघका संस्थापक अध्यक्ष युबराज पोख्रेलको संयोजकत्वमा सल्लाहकार उमाकान्त पन्त्त र निवर्तमान अध्यक्ष रविलाल आचार्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिले गत ११ कार्तिकमा निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । कार्तिक ११ मा १५ सदस्यीय कार्यसमिति गठनका लागि २२ जनाको मनोनयन-पत्र दर्ता भएको थियो ।
जस अनुसार अध्यक्ष पदमा ओप्रकाश बस्याल, रामदास यादव र शुसिला भुसाल , बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष ,कोषाध्यक्ष र सचिवमा एकल उमेदवारी दर्ता भएको थियो भने महासचिवमा शिबराज पन्थी र सन्दिप अधिकारिको उमेदवारी रहेको थियो भने ९ जना सदस्यका लागि १३ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । दुई दिनसम्म पुर्व अध्यक्ष ,सल्लाहकार,संस्थापक अध्यक्ष र राजनितिक दलहरुको प्रयास पछि १२ गते साझ ७ बजे सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष युबराज पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै सर्वसम्मत नेतृत्वको अध्यक्ष ओप्रकाश बस्याल, बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने ,उपाध्यक्ष चिन्ता प्रसाद पोख्रेल, महासचिव सन्दिप अधिकारी, कोषाध्क्ष दुखहरण यादव र सचिवमा दुखराम चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा डेगमान जिसि,शिवलाल पोख्रेल , युबराज आचार्य ,राजन खनाल, हिमबहादुर केसि,राजकुमार नेपाली, शरद रिजाल,देविलाल दुधराज र कमल खड्का चुनिनु भएको छ ।

