Sidha Patra बिहिबार, कार्तिक ०६, २०७७

दाङ । दाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय नजिक पुगेको छ । जिल्लाका १० स्थानीय तहमा अहिले ५९८ जना सक्रिय संक्रमित रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । दश पालिकामध्ये सबैभन्दा धेरै घोराहीमा सक्रिय संक्रमितको संख्या रहेको छ ।

घोराहीमा २५८ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यस्तै तुलसीपु उपमहानगरपालिकामा १६०, लमही नगरपालिकामा १९८, बबई र राप्ती गाउँपलिकामा २०÷२० जना सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

यस्तै गढवा गाउपालिकामा ९ जना, शान्तिनगरमा ७, दंगिशरणमा ५, बंगलाचुलीमा ४ र राजपुरमा ३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित अधिकांश घरकै आइसोलेसनमा रहेको केन्द्रले जनाएको छ । अहिले जिल्ला ५२१ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ८ सय ४ पुगेको छ । जिल्लामा पछिल्लो तथ्यांक अनुसार १ हजार २ सय जना संक्रमणमुक्त भइसकेका छन् भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]