
sbs
Gfs
cjs
Unsku
Srbpu
Pes
Lnp
Sgr
pku
Djs
Ggp
Rgp
Pbu
Rgp1

Sbs
Bbbpu
Asm
nsb
Rgs
Ksm
Rsb
Tsm
Ssm
Sls
Hal
Wsp
Bbu
Rgu
Pvg
Rgu
Vor
Ggd
Gst

Rpp
bbt
Pls
Jmb
Syp
Mks
Jmb
Gsb
Abd
Ptm
Bml
sab
Rmb
दाङ । दाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय नजिक पुगेको छ । जिल्लाका १० स्थानीय तहमा अहिले ५९८ जना सक्रिय संक्रमित रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । दश पालिकामध्ये सबैभन्दा धेरै घोराहीमा सक्रिय संक्रमितको संख्या रहेको छ ।
घोराहीमा २५८ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यस्तै तुलसीपु उपमहानगरपालिकामा १६०, लमही नगरपालिकामा १९८, बबई र राप्ती गाउँपलिकामा २०÷२० जना सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।
यस्तै गढवा गाउपालिकामा ९ जना, शान्तिनगरमा ७, दंगिशरणमा ५, बंगलाचुलीमा ४ र राजपुरमा ३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित अधिकांश घरकै आइसोलेसनमा रहेको केन्द्रले जनाएको छ । अहिले जिल्ला ५२१ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ८ सय ४ पुगेको छ । जिल्लामा पछिल्लो तथ्यांक अनुसार १ हजार २ सय जना संक्रमणमुक्त भइसकेका छन् भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
