
Rgp
Rgp
Jns
Asb
ksb
Lnp
Ggp
Lks
Rgp
Dus
Usb
Ggp
lnp
Sgp
Rgp

lms

एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो सूचना प्रशारण भएको थियो।उक्त हमलामा गाइडेड मिसाइलको प्रयोग भएको छ।
त्यस्तै हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। मिसाइल प्रहार भएको गाउँमा धेरैजसो किसानको बसोबास छ। जवाफी कारबाहीस्वरुप इजरायलले पनि लेबनानमाथि आक्रमण सुरु गरेको छ।
