Sidha Patra शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारले संविधान दिवसको दिन श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगलको कैद मिनाहा गर्ने निर्णय गरेपछि श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटउपर सुनुवाई गर्दै आज सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माले सरकारलाई लिखित जवाफ पेश गर्न सात दिनको समय दिएका छन् । रिटको अर्को सुनुवाईको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश दिइएको छ ।

त्यस्तै भारती मानन्धरले श्रीमान्को हात्यारा रिगलको कैद मिनाहा गर्न गरिएका सबै सिफरिस तथा निर्णयहरु खारेज हुनुपर्ने र रिगललाई फेरि थुनामा पठाउनुपर्ने माग राख्दै रिट दर्ता गरेकी थिइन् । उनी रिले अनसनमा समेत बसेकी छिन् ।

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए । जस मध्ये नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]