
Ssb
Ppu
Ksb
Ksb
Csb
Nsb
Usb
Ksb
Rsb
Gsb
Tgp
Ssb
Bsn
Rks

Tsb
Gsb
Ssb
Usb
Hl1

Rgu
ptl
Nps
काठमाडौं । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ ।
यस्तै नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
