
Ratbs
Gsl
dsbus
Ssbus
Amb
Rbs
Nssbus7
Ddhbs
Gsbus
gms
Bksbus5
Pbu
Jsbus
Csbus

Pvg
Sbs
Ggd
Rgs
Bbu
Gst
Bbbpu
Ssm
Rsb
Tsm
Asm
Wsp
Rgu
Ksm
nsb
Rgu
Hal
Sls
Vor

bbt
Bml
Jmb
sab
Mks
Syp
Gsb
Abd
Rmb
Pls
Rpp
Ptm
Jmb
दाङ । राजपुर -२ बेला स्थित जनज्योति माविमा बाल कक्षा कोठा व्यवस्थापन गर्नुका साथै सामग्री प्रयोग सम्बन्धी तालिम सुरु भएको छ।
राजपुर गाउँपालिकाकाे समन्वय, स्ट्रोम फाउन्डेसन नेपाल र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको सहयोग तथा नेपाल एजुकेस्नल गुडस् सप्लायारस्को प्राविधिक सहयोगमा आइतबार २ दिने बाल कक्षा कोठा व्यवस्थापन साथै सामग्री प्रयोग सम्बन्धी तालिम सुरु भएको हो।
बाल विकास कक्षा तथा तालिम उद्घाटन सत्रका प्रमुख अतिथि तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी,विशिष्ट अतिथि तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव, अतिथि तथा वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश यादव र विद्यालयका वि.व्य.स. अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष अमर राज गिरीले रिबन काटेर उद्घाटन गरेका हुन्।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले तालिमको उद्घघाटन शत्रमा बोल्दै तालिमले व्यत्तित्व विकास तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । उहाँले पालिकाले पनि प्रारम्भिक बालविकास कक्षालाई महत्वपूर्ण रुपले हेरेको बताउदै पालिका भित्रका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न गराउन र अबको नतिजालाई फरक किसिमको ल्याउन आग्रह गर्दै राजपुर बासीका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सामुदायीक विद्यालयमा पढ्ने वातावरण रहेको पनि बताउनुभयो।
यस्तै अध्यक्ष बुढाथोकीले गाउँपालिकाबाट दिने सेवा सुविधाहरू आफूहरु दिन सक्ने स्रोतबाट कुनै पनि कञ्जुसाई नरहेको समेत जानकारी दिनुभयो । उहाँले पलिकाले हरेक सेक्टरमा विकास गर्नु पर्ने हुन्छ तर अरु भन्दा बढि शिक्षा क्षेत्रमा लगानी लगाएको बताउनु भयो।
यस्तै राजपुर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथी धनपति देवि यादवले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउनुभयो। बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भयो। २ नं वडामा रहेको यो विद्यालयलाई नमुना बनाउन पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको थियो।”विद्यालय वालवालिकाका लागि अभिभावको सक्रियतामा जोड सहितको व्यवस्थापन नै उत्कृष्ट विषयवस्तु हुन जान्छ । आफ्ना वालवालिकको रेखदेख गरौँ गुणस्तरीय वालवालिका र शिक्षामा गुणस्तर कायम गरौँ” उहाँले भन्नुभयो।
यस्तै “तपाईले आफ्ना छोराछोरीले विद्यालयमा कस्तो गरिरहेका छन् भन्ने कुरा समयमा नै जानकारी लिनु जरुरी छ। अन्य बालबालिकाभन्दा तपाईका छोराछोरी किन र कुन कारणले सिक्न सकेनन् भन्ने कुराको जानकारी विद्यालय र शिक्षकबाट लिन सक्नुपर्दछ । आफ्ना छोराछोरीले विद्यालयमा के गरे भन्ने कुरा हरेक दिन उनीहरुबाटनै प्रत्यक्ष रुयमा सुन्ने बानी गर्नु र बच्चाका समस्या केही छन भने त्यसको उचित सम्बोधनका लागि कार्य गर्नु अभिभावकको दायित्व हो जसबाट सिकाई परिणाम अझ प्रभावकारी हुन्छ।” राजपुर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ओम प्रकाश यादवले भन्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर राज गिरीले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे भने सोही विद्यालयका प्रधानाध्यापक केशव राम यादव, वडा नं २ कि सदस्य रिता खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष गिरी राज बस्नेत, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका प्रतिनिधी उत्तम अधिकारी, नेपाल एजुकेस्नल सेन्टरका सञ्चालक निर्मल पाण्डे लगाएत शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक केशव राम यादवकाे स्वागत् मन्तव्यबाट सुरु भएको बाल कक्षा कोठा व्यवस्थापन साथै सामग्री प्रयोग सम्बन्धी तालिममा प्रशिक्षक प्रतिमा पाण्डे र सह प्रशिक्षकमा राज कुमार घिमिरे रहनुभएको थियो भने कार्यक्रमकाे सञ्चालन विद्यालयकी शिक्षिका नोमिका चौधरीले गर्नुभएकाे थियाे।
