
Ppu
Rks
Fmb
Ssb
jsb
Gsb
Ksb
Ksb
Tgp
Ksb
Csb
Nsb
Ssb
Usb
Rsb
Bsn

Ssb
Gsb
Hl1
Tsb
Usb

Nps
ptl
Rgu
धनगढी । कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ।
संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन् । तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी रिहा भएका हुन। उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन्। नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका छन्।
त्यस्तै थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र नाबालक गरेर ८ जनाको हत्या भएको थियो। सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनमा सरकारले यसअघि नै रेशम चौधरीको बाँकी कैद माफी दिएर रिहा गराएको थियो।
यस्तै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहँदा अन्यको बाँकी कैद मिनाहा गराइएको हो। एकै घटनामा दोषी ठहरिएका अन्य जेलमै रहेको र एक्लै रिहा भएको भन्दै रेशमको विरोध भएको थियो। रेशम जेलमै रहँदा नागरिक उन्मुक्ति पार्टी गठन गरेर प्रतिनिधि सभा र प्रदेशमा जितेपछि कैद मिनाहा र माफीमा सत्ता सौदाबाजी सहज भएको थियो ।
त्यस्तै केन्द्रमा रेशमकी श्रीमती रन्जिता श्रेष्ठ मन्त्री छिन् भने रेशम सरकारी सुरक्षा घेरा र सुविधामा हिँड्छन्। रेशम बहु विवाहमा समेत जोडिएका छन्। टीकापुर घटनामा अझै ३० जना फरार छन्। रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ। नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए।
