
Pbu
Gisld
Sds
Mbdvs
mbd
Rbs

Pvg
Ssm
Sls
Sbs
Asm
Rsb
Rgu
Bbu
Rgs
Vor
Tsm
Ksm
Rgu
Gst
Hal
Bbbpu
nsb
Wsp
Ggd

bbt
Jmb
Ptm
Syp
Abd
Gsb
Mks
Rmb
Jmb
sab
Rpp
Bml
Pls
जुम्ला । जुम्लाको सदरमुकाम खलंगा बजारका व्यापारीले खुलेआम म्याज गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गरिरहेका छन् । गाउँबाट आउने अधिकांश उपभोक्ताले म्याद गुज्रिएको बारे ख्याल नगर्ने भएकै कारण व्यापारीहरुले अखाद्य वस्तु बिक्री गरेको पाइएको हो । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ ओमप्रकाश देवकोटा,तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको टोलीसहित खलंगामा अनुगमन गर्दा उपभोक्तालाई अखाद्य वस्तु बिक्री वितरण गरेको भेटिएको हो ।
बजारमा खाद्य तथा किनार पसल, होटल, डिलर जनरल स्टोरलगायतका व्यापार व्यवसायीको अनुगमन गर्दा खुलेआम अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदमप्रसाद उपाध्यायले बताए । उनले भने,सदरमुकामका मुख्य बजार तथा व्यापारीक केन्द्रमा अनुगमन गर्दा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइयो ।अखाद्य वस्तु बेच्ने,मूल्यसूची नराख्ने उपभोक्ताको स्वास्थ्यप्रति गैरजिम्मेवार व्यापारीलाई कारबाही गर्ने प्रतिवद्धता गरेको प्रशासनले यस पटक कारबाही गर्न सकेन । पुरानै प्रवृत्ति दोहो¥याउँदै सात दिनभित्र व्यापारीलाई मूल्यसूची राख्ने, म्यान नाघेका अखाद्य वस्तु बिक्री नगर्न चेतावनी दिएको छ ।
पटक पटकका अनुगमनमा प्रशासनले कुनै एक व्यापारीलाई पनि क्षणिक कारवाहीसमेत गर्न नसक्दा जुम्ला बजारमा खुलेआम अखाद्य वस्तु बिक्री वितरण भइरहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने अघिल्ला वर्षमा धेरै पटक बजार अनुगमन गरियो,उपभोक्ता हित विपरित गर्नेलाई कारबाही गर्न सिफारिस पनि गरियो, तर अर्को पटक गल्ती दोहोराए कारबाही गर्ने भन्दै वषां बित्यो ।
