
Djs
Lnp
sbs
Pes
cjs
pku
Sgr
Rgp
Pbu
Unsku
Rgp1
Gfs
Srbpu
Ggp

Asm
Wsp
Rsb
Gst
nsb
Rgu
Hal
Ssm
Pvg
Bbu
Rgs
Tsm
Vor
Sbs
Rgu
Ksm
Sls
Bbbpu
Ggd

Rpp
bbt
Bml
sab
Mks
Pls
Abd
Rmb
Jmb
Ptm
Gsb
Syp
Jmb
काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो ।
तर सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमार्फत बताएका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने संघले जनाएको छ । संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन विदेश गइरहेको भन्दै संले अबिलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाको काम अघि बढाउन पनि माग गरेको छ ।
