
Ggp
Gfs
Lnp
cjs
Pbu
Sgr
Pes
pku
Rgp1
Djs
Unsku
Srbpu
Rgp
sbs

Ssm
Tsm
Vor
Rgu
Sbs
Rsb
Rgs
nsb
Hal
Bbbpu
Pvg
Asm
Rgu
Wsp
Bbu
Ggd
Sls
Gst
Ksm

sab
Ptm
Pls
Jmb
Gsb
Bml
Rpp
bbt
Rmb
Mks
Abd
Syp
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा यो संगै दुई वटा आँखा उपचार केन्द्रबाट सेवा सुचारु भएको छ। शुक्रबार एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गरिनुआ साथै नि:शुल्क आँखा चेकजाँच कार्यक्रम समेत सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ दाङ शाखा उप-सभापति रेशम बहादुर खड्काको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
एकिकृत आँखा उपचार केन्द्रको उद्घाटन समारोहमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सबै सेवा उपलब्ध हुने बताउनु भयो । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा लगायतका सेवा सुरु भएको बताउनुभयो । गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको साझेदारीमा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटनले समग्र गढवा गाउँपालिकालाई आँखा उपचारमा बिशेष सहयोग पुग्ने बताउनुभयो ।
गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासमा आँखा अस्पताल भएतापनि गढवाका अन्य वडाका आँखाका विरामीहरुलाई लमही लगायतको ठाउँमा गई उपचार गराईनु पर्ने बाध्यता रहेको थीयो अब त्यो समस्याबाट मुक्ति मिलेको र आँखा जस्तो सम्बेदनशिल विषयमा पालिका सधै चिन्तित रहेकोले एकीकृत आँखा उपचार केन्द्रको सेवा प्रारम्भ भएपछी सल्यक्रिया बाहेको सबै आँखा सम्बन्धी सबै उपचार हुने र नागरिकलाई सास्ती नहुने अध्यक्ष पोख्रेलले बताउनु भयो । जटिल शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई समयमै रिफर गरी दृष्टिविहिनतालाई न्युनिकरण गर्ने,आँखा उपचार सेवाको पहुँचलाई सरल र सहज बनाउने उद्देश्यका साथ वडा नम्वर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गरेको स्पष्ट पार्नु भयो ।
त्यसैगरी उद्घाटन समारोहलाई सम्बोधन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नागरिकको स्वास्थ्यसंग पालिका एकदमै जिम्मेवार भएको बताउदै एकीकृत आँखा उपचार केन्द्रको उद्घाटनले आँखाको उपचारमा सहयोग पुग्ने बताउनुभयो । आँखा मान्छेको सबै भन्दा संवेदनशील भाग भएकोले आँखा बचाउन एकदमै जरुरी भएको महसुस् गर्दै पालिकाले उज्यालो अभियान कार्यक्रम अन्तर्गत पालिकाका सबै नागरिकलाई निःशुल्क आँखाको उपचारका लागि गढवा गाउँपालिकामा एकिकृत आँखा उपचार केन्द्रको उद्घाटन गरिएको उपाध्यक्ष चौधरीले बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका सभापति तथा नेपाल नेत्र ज्योति संघ शाखा उप-सभापति रेशम बहादुर खड्काले गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको साझेदारीमा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटनले स्वास्थ्यमा ठुलो काम भएको बताउदै पालिका अध्यक्ष र उपाध्यक्ष लगायत सम्पूर्ण लाई धन्यवाद दिनु भयो । गत आर्थिक वर्षमा समेत गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा/साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरे शैयौ मोतिबिन्दु भएका बिरामीको नि:शुल्क शल्यक्रिया तथा सैयौ लाई चस्मा तथ्य औषधी बितरण गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा गढवा गाउँपालिका नमुना काम गरेको बताउनु भयो ।
यस्तै उद्घाटन भएको दिन एकिकृत आँखा उपचार केन्द्रबाट नि:शुल्क आँखा चेकजाँच गरिएको छ । शुक्रबार एकैदिनमा ४ सय ८५ जनाले आँखा चेकजाँच गराएका छन् भने ५७ जना बिरामीहरूमा मोतिबिन्दु भएकोले निःशुल्क शल्यक्रियाको लागि यही भदौ १७ र १८ लमही पठाउने र नि:शुल्क शल्यक्रिया गरिने भएको छ। उद्घाटनका दिन एकीकृत आँखा उपचार केन्द्रमा आंखा चेकजाँच गराउनका लागि ठुलो भिड लागेको थियो । गढवा गाउँपालिकामा यो संगै दुइ वटा आँखा उपचार केन्द्र भएको छ। गढवा गाउँपालिका वडा नम्बर ८ मा कोइलाबास आंखा पहिले देखीनै सेवा दिई रहेको छ भने एकीकृत आँखा उपचार केन्द्र गोबरडियामा शुक्रबार देखी सेवा सुचारु भएको छ । गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ,लमही आँखा अस्पताल बिच २०८० भाद्र ७ गते एकीकृत आँखा उपचार केन्द्र सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यस्तै एकिकृत आँखा उपचार केन्द्रको उद्घाटन समारोहमा गढवा गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, नेपाल नेत्र ज्योति संघका कर्मचारी, गोबरडिहा आयुबेर्द औषधालयका कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सहजिकरण नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालका प्रशासन सहायक टेक बहादुर चौधरीले गर्नु भएको थियो ।

