
Pbu
Anm
Ksm
Gmk
Sds
mbd
gst
Rbs
Mbdvs
Gisld
बेसहाराको कथा!

Asm
Tsm
Rgu
Bbu
Wsp
nsb
Vor
Ssm
Gst
Ggd
Hal
Bbbpu
Rgu
Pvg
Ksm
Sls
Rgs
Rsb
Sbs

Abd
bbt
Jmb
Gsb
Jmb
Mks
Rpp
Ptm
Syp
sab
Pls
Bml
Rmb
प्युठान। बिमला बिकको उमेर ५२ बर्ष भयो।रोल्पाको सेराम हो जन्म घर। चतुर्भुज नजिक लुङ्ग्री खोला छेउमा एउटा सानो ओढार छ। रोल्पा प्युठान सिमानाको बगुवा’ओढारमा उनि ४ बर्ष देखि टिठलाग्दो जीन्दगी बिताईरहेकी छन।ओढारको चिसो ढुंगामाटो नै उनको निदाउने ओछ्यान बनेको छ। वरपर गाउँ छैनन् , लुङ्ग्री खोला , पहाड , बालुवा , जङ्गल बिमलाका लागि सहारा हुन् ।
ओढार बिमलाको घर हो। त्यही ओढार भित्र उनि जोखिमपूर्ण एक्लै दैनिकी चलाईरहेकी छिन । गाउँमा पस्यो, दिनभर काम खोज्यो, ज्याला मजदुरी गर्यो। अनि फेरि बास बस्न जंगलभित्रको ओढारमै फर्केर खायो । यस्तै छ बिमलाको दैनिकी । उनको काखमा नत श्रीमान,नत छोरा, नत आफन्त नै छन् । उनी परिवारमा कोही नभएपछि ओढारमा बस्न थालेकी हुन् । बिमलाका श्रीमान र दुई छोरा भारतको सिमलामा गएका थिए। उनिहरु सँगै ज्यालदारीको काम गर्थे । भारतमै उनिहरुको एकैसाथ गाडी दुर्घटनामा परी मृत्यु भयो। अनि पो एक्लि भइन बिमला। दयनिय अबस्थाका कारण घर बस्न सकिन्न। पति र दुई छोराको मृत्युपछि बिमला सहाराविहीन भईन्। प्युठानको सारीमा आफनो मामाघर थियो। उनि त्यही पुगिन । जेनतेन गुजारा चलेकै थियो। जव मामा माईजुको पनि स्वर्गबास भयो । त्यसपछी सुरु भयो बिमलाको ओढारको जिन्दगी ।
‘एक्लै भएपछि विरक्त लागेर ओढारमा बस्न थालें ।’ उनले आँसु खसाल्दै भनिन,’ आमा वाउ पनि सानैमा बिते, अब जाउ कहाँ?’ श्रीमान छोरा र मामामाईजु सबैले छोडेपछि ओढारमा बसिरहेको उनले सुनाईन । ओढारको बसाई कठिन छ । अर्काको काम नगरी चुलोमा आगो बल्दैन । बिमला भन्छिन,’बिहान बेलुका खाना छाक टार्न सधै मागेर पनि नपुग्ने रहेछ ।’ ‘गाउँमा गएपनि सबैले बहुलाइ भनी हेप्छ्न् , गाउँमा बस्नै दिदैनन् ।’ उनि दुखेसो पोख्छिन।’ दिन भरी काम गर्दा पनि ज्याला कम दिने गरेको उनको गुनासो छ।
स्थानीय तह निर्वाचन भएको पनि ३ बर्ष पुग्न लाग्यो। जनप्रतिनिधी आए। तर,बेसहारा बिमलाको दुखमा कसैले ध्यान दिन सकेका छैन्न ।
