
pku
Ses
Djs
Ggp
Sgr
Srbpu
Lnp
Rgp1
Pbu
Gfs
Unsku
Pes
Rgp
cjs

Tsm
Ksm
nsb
Sls
Hal
Ssm
Rsb
Gst
Wsp
Ggd
Asm
Rgs
Rgu
Pvg
Sbs
Rgu
Bbbpu
Vor
Bbu

Gsb
Jmb
Syp
sab
Abd
Rmb
Jmb
Ptm
Bml
Pls
Mks
bbt
Rpp
काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ ।
नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए । त्यसपछि अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा नेपाली टिमलाई होटलमा लगिएको छ ।
सुरक्षाको कारण देखाउँदै १० वर्षसमम्म अन्तर्राष्ट्रिय क्रिकेट टोली पाकिस्तान गएका थिएनन् । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि पाकिस्तानमा आतंककारी आक्रमण भएको थियो । त्यसको झण्डै १० वर्षसम्म प्रतिस्पर्धी टिमले भ्रमण गर्न नमानेपछि पाकिस्तानले घरेलु मैदानमा खेल्न पाएको थिएन । सन् २००९ पछि एकै पटक सन् २०१९ मा मात्रै श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थियो । त्यसपछि मात्रै अरु देशले पाकिस्तान गएर खेल्न थालेका छन् ।
त्यस्तै यो वर्षको सुरुमा न्युजिल्याण्डको आतिथ्यता गरेको पाकिस्तानले अहिले घरेलु मैदानमा अफगानिस्तानसँग शृंखला खेलिरहेको छ । कराँचीमा पुगेको नेपालले कडा सुरक्षा घेरामा रहेर एक साता अभ्यास गर्नेछ, त्यस क्रममा नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्ने तालिका छ ।
कराँचीमा अभ्यास सकेर नेपाल घरेलु टिम पाकिस्तानसँग एसिया कप क्रिकेटको पहिलो खेल खेल्न मुल्तान पुग्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा खेल्नेछ । नेपालले समूह चरण अन्तर्गत पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।
यस्तै एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुन लागेको हो ।
