
Rks
Ksb
Nsb
Ksb
Gsb
Ppu
Usb
Rsb
jsb
Csb
Tgp
Fmb
Ksb
Ssb
Bsn
Ssb

Ssb
Hl1
Gsb
Tsb
Usb

Nps
ptl
Rgu
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।
सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका वडा नम्बर ६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।
उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् ।
त्यस्तै उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।अनलाइनखबर
