
Tgp
Ksb
Gsb
Rsb
Ksb
Ssb
Bsn
Ksb
Usb
Csb
Rks
Ssb
Ppu
Nsb

Usb
Hl1
Gsb
Tsb
Ssb

Nps
Rgu
ptl
दाङ । प्युठानमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेसिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको हो ।
स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले सरुमारानीका२२,ऐरावतीका १४,झिमरुकका ११ र नौबहिनीका ५ जना गरि बिहिबार कुल ५२ जनामा कोरोना देखिएको जानकारी दिनु भयो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ। संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका छन् । उहाका अनुसार हालसम्म ५ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ३१ छ भने १ सय १ जना क्वारेन्टिनमा छन्। यस अघि दुई जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
