ओमप्रकाश गुप्ता सोमबार, साउन २२, २०८०

दाङ । प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जिसी लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएका चौधरीको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा साउदी गएका बेला उनी विदेशबाटै बिरामी भएर स्वदेश फर्किएका थिए । विदेशमा खासै राम्रो उपचार नभएपछि उनी नेपाल फर्किएर काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार गराउँदा त्यहाँ रोग पत्ता लागेको जिसीले बताए ।

डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा आफुसँग भएको श्री सम्पत्ती सकिएकोले उपचारमा निकै समस्या भएको जिसीले बताउका छन् । आफ्नो उपचारमा हाल सम्म ८÷९ लाख रूपैयाँ खर्च भइसकेको उनले बताए । डाक्टरको सल्लाह बमोजिम हाल नरेन्द्रको लमहीमा डाइलेसिस भइरहेको छ । एक पटक डाइलेसिस गर्दा १५ सय देखि २५ सय रूपैयाँ सम्म खर्च हुने गरेको उनले बताए । करिव ७ वर्ष देखि विदेश बसेर आफ्नो गुजारा चलाउँदै आएको नरेन्द्र आफै बिरामी भएपछि परिवार बिचल्लीमा परेको छ । घरमा कमाउने मान्छे कोही नभएपछि केटाकेटीलाई समेत पढाउन गाह्रो भएको उनले बताए ।

२, ८ र १० वर्षका केटाकेटीलाई पढाउन समेत नसक्ने अवस्था आएको र कमाउने मान्छे नै थला परेपछि आफुले केही सोच्न समेत नसकिरहेको उनले बताए । पिडित जिसीले आफुलाई सरकारले दिएको निःशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले मृगौला पिडित नरेन्द्र बहादुर जिसीको सिटिजन बैंकमा रहेको खाता नम्बर ०७५०१००००३२८५०४१ मा रकम जम्मा गरेर वा मोबाइल नम्बर ९७४१७०१७७६ मा सम्पर्क राखेर पनि सहयोग गर्न सक्नु हुने छ । यस्तै माल्टामा बस्ने उनका छोरा भक्तबहादुर थापाले नरेन्द्र बचाउ अभियान समेत चलाएका छन् । जसका लागि ह्वाटसव नम्बर +३५६७७९४५५६२ मा पनि फोन गरेर सहयोग गर्न सकिने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]