
Fmb
Ksb
Ppu
Gsb
Nsb
Ssb
Ksb
Rsb
Bsn
Tgp
Ssb
Usb
Rks
jsb
Ksb
Csb

Tsb
Hl1
Gsb
Ssb
Usb

ptl
Nps
Rgu
दाङ । देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।
पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ । गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।

