
Pes
Unsku
Rgp1
Pbu
Srbpu
Gfs
Ses
Ggp
cjs
Lnp
pku
Rgp
Sgr
Djs

Wsp
Asm
Vor
Ssm
Pvg
Sbs
Rsb
Ggd
Tsm
Bbu
Ksm
Bbbpu
Rgu
Rgs
nsb
Rgu
Gst
Hal
Sls

Bml
bbt
Abd
Gsb
Mks
Jmb
Rpp
Jmb
Rmb
Ptm
Syp
sab
Pls
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको छ ।
बाटो क्रस गर्ने बेला जेब्रा क्रसको प्रयोग गरौ, सवारी साधन तिब्र गतिमा नहाकौ, आफू पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने मुल नाराका साथ ट्राफिक सचेतता मुलक कार्यक्रम अन्तरगत आशाका किरण संस्थाको विशेष पहलमा ईलाका प्रहरी कार्यलय भालुवाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट भाउवाङ, स्काउट र लिटिल एन्जल्सको सहयोग तथा समन्वयमा बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको हो ।
हात- हातमा संदेशमुलक प्ले कार्ड बोकेर पुल्चोक बजारको विभिन्न चोकहरूलाई लाइनबद्व उभिएर ट्राफिक प्रहरी सँगै, आशाका किरण, स्टाउट र लिटिल एन्जल्सका विद्यार्थीहरूले करिव १ घण्टा बटुवाहरूलाई ट्राफिक नियमका बारेमा जानकारी गराएका थिए ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको मुख्य बजार भालुवाङ लगायत राजमार्ग क्षेत्रका विभिन्न बजार क्षेत्र तथा सडकहरूमा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेका बेला ट्राफिक प्रहरी सँगै राप्तीका क्रियाशील संघ संस्था र विद्यार्थीहरूले ट्राफिक नियमका बारेमा बटुवाहरूलाई जानकारी गराउन थालेका छन् । कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक गोगनसिंह ठकुरी, स्काउटका छवि कंडेल, पत्रकारहरू ओमप्रकाश गुप्ता, सन्तोष थापा, विदुर एमसी लगायतको सहभागीता रहेको थियोे ।
