
Pes
Djs
Unsku
Rgp1
Gfs
Lnp
Ggp
cjs
Sgr
Pbu
pku
sbs
Srbpu
Rgp

Ksm
Gst
Rgu
Wsp
Rgu
Bbu
Ggd
Hal
Bbbpu
Sbs
Rgs
Vor
Tsm
Rsb
Sls
Ssm
Pvg
Asm
nsb

Syp
Mks
Gsb
sab
Rmb
Jmb
Bml
Pls
bbt
Jmb
Rpp
Abd
Ptm
दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले शनिबार आयोजना गरेको शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रम लाई सम्बाेधन गर्दै सभामुख घर्ती मगरले साे कुरा बताउनु भएको हाे।
पछिल्लो समय समाज अराजकता तर्फ गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सकारात्मक सोचको विकास गर्न शिक्षकहरुको भुमिका महत्त्वपूर्ण रहने बताउनु भयो । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका सभामुख घर्ती मगरले शिक्षामा वैज्ञानिक समाजवादी शिक्षा नीति आवश्यक रहेको कुरामा जाेड दिदै सोही अनुसार नीति तथा कानुन निर्माणमा आफूले आफ्नो स्थान बाट पहल गर्ने समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले शिक्षामा सुधार नल्याउदा सम्म समाज र देशकाे परिवर्तन सम्भव नहुने तर्क गर्दै विद्यार्थीहरुलाई व्यावहारीक, रचनात्मक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आग्रह गर्नु भयो । “पालिकाले संविधानमा उल्लेख भए बमोजिम माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क गरेको छ”- उहाँले भन्नुभयो -“यसलाई सफल पार्न शिक्षक लगायत सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ।”
साे अवसरमा बाेल्ने वक्ताहरूले शिक्षामा गुणस्तर कायम गर्न शिक्षक,अभिभावक र विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनु पर्ने कुरामा जोड दिदै शिक्षक कर्मचारीहरूकाे हितको लागि तत्काल सरकारले शिक्षा ऐन पास गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उप महासचिव गणेश प्रसाद रिजाल ,संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मधुसूदन पाेख्रेल,केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज विष्णु प्रसाद खनाल ,केन्द्रीय समिति सल्लाहकार हुकुम बहादुर बुढाथोकी,दाङ जिल्ला अध्यक्ष झक्कु प्रसाद केसी लगायतले आ आफ्नो धारणा राख्नु भएको थियोे ।
त्यस्तै संगठनका राप्ती गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढा मगरकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनका विभिन्न तहका एक सय भन्दा व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।संगठनकी उपाध्यक्ष विष्णु कार्कीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन संगठनका सचिव गाेविन्द चाैधरीले गर्नु भएको थियोे ।

