
Unsku
Pes
Gfs
Srbpu
Rgp
cjs
Pbu
Sgr
Ggp
Djs
Rgp1
Lnp
Ses
pku

Tsm
Wsp
Vor
Rgs
Ggd
Gst
Rgu
nsb
Ssm
Pvg
Hal
Bbu
Asm
Sbs
Bbbpu
Sls
Rsb
Ksm
Rgu

Pls
Rpp
Jmb
bbt
Abd
Bml
Jmb
sab
Syp
Rmb
Gsb
Ptm
Mks
दाङ । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम सुरु भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम सुरु गरिएको हाे। तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
त्यस्तै उहाँले पछिल्लो समय आफ्नो माैलिक पाेषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी माैलिक पाेषकहरुलाई बडवा दिनु पर्ने कुरामा जाेड दिनु भयो ।
सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिनु भयो ।
राप्ती गाउँपालिकाका नाै वटै वडाका ३० जना महिलाहरूकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षक मनु थापा रहनु भएको छ । तालिम राप्ती गाउँपालिका -२ बराखुटी स्थित करम्दी सामुदायिक वन काे हलमा संचालन हुने बताइएको छ।
उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

