
Lnp
cjs
Sgr
Rgp1
Unsku
sbs
Rgp
Gfs
Ggp
Djs
Pes
Srbpu
pku
Pbu

Bbbpu
Asm
Ggd
Sls
Rsb
Rgs
Rgu
Pvg
nsb
Vor
Ksm
Wsp
Tsm
Hal
Bbu
Rgu
Gst
Sbs
Ssm

bbt
sab
Abd
Syp
Rmb
Ptm
Rpp
Jmb
Bml
Gsb
Mks
Jmb
Pls
कैलाली । धनगढीमा बीमाको नाममा रिक्साचालक मजदुरहरुको रकम गायब भएको छ। विद्युतीय रिक्साचालक मजदुर संघले बीमा गराइदिने भन्दै रकम असुल गरेको भए पनि बीमा गरेको रसिद नै नदिएर मजदुरको रकम पचाउने काम भएको आरोप छ।
बीमाको नाममा प्रति व्यक्ति ८ हजारका दरले रकम संलन गरेर धनगढीमा विद्युतीय रिक्साचालक मजदुर संघले सो रकम हिनामिना गरेको एक थरी मजदुरले आरोप लगाएका हुन् । आफुहरुबाट बीमाको नाममा रकम उठाएर बीमा गरेको रसिद नै नदिएर ठग्ने काम भएको रिक्साचालक मजदुर हिक्कमतबहादुर शाहले गुनासो गरे। ‘संघले अटो रिक्साको हामी आफै बीमा गराइदिन्छौँ भनेर ६ सिटेको ८ हजार, ५ सिटेको ६ हजार असुल गरेका थिए। तर बीमा कम्पनीमा रिक्साचालक मजदुरको रकम जम्मा भएको छैन। उनीहरुले बीमा गरेको रसिद समेत दिएका छैनन्।’ विद्युतीय रिक्साचालक मजदुर संघले बीमा वाफत ४५ जना रिक्साचालक मजदुरको पैसा हिनामिना गरेको मजदुर शाहको आरोप छ।
तर विद्युतीय रिक्साचालक मजदुर संघका अध्यक्ष मिनराज जोशीले भने बीमा गराउने काम संघको नभई सम्वन्धित बीमा कम्पनीकै भएकाले कुनै पनि रिक्साचालक मजदुरको रकम संघबाट हिनामिना नभएको बताएका छन् । रिक्साचालक मजदुरलाई समस्या परेका बेला काम गर्दै आएको संघले कुनै पनि मजदुरको रकम हिनामिना गर्ने काम नभएको उनले दाबी गरे । ‘बीमा गराउने काम सम्वन्धित बीमा कम्पनीकै हो, संघबाट त्यस्तो कुनै काम भएको छैन, हामीसँग अहिले पनि एक हजार पाँच सयको हाराहारीमा रिक्साचालक मजदुर छन् ।
त्यस्तै एक थरीले बदनाम गर्ने नियतले यस्तो कुरा गरिरहेका छन तर संघबाट मजदुरको हितविपरीत त्यस्तो कुनै काम भएको छैन्।’तर केहि रिक्साचालक मजदुरहरुले भने संघले हिसाब किताब पारदर्शि नगरेको तथा मनलाग्दी शुल्क असुल्ने गरेको आरोप समेत लगाउँदै आएका छन्। मजदुरको हकहितमा काम गर्न, कार्यालय सञ्चालन गर्न तथा संस्थालाई जिवन्त राख्न मासिक रुपमा एक सय ५० रुपैयाँभन्दा बढी शुल्क कहिकतैबाट उठाउने काम नभएको संघले बताएको छ। तर यस्तो तर्क भने अर्का थरी मजदुरले मान्न तयार छैनन्।
