
Lnp
Pes
Ggp
cjs
Unsku
Djs
Rgp
Ses
pku
Pbu
Rgp1
Srbpu
Gfs
Sgr

Hal
Sbs
nsb
Vor
Bbbpu
Rsb
Pvg
Rgu
Bbu
Gst
Ssm
Wsp
Sls
Asm
Rgu
Tsm
Ksm
Ggd
Rgs

Abd
Jmb
Rmb
Bml
Gsb
Ptm
Mks
sab
Pls
Rpp
bbt
Syp
Jmb
दाङ । दाङको तुलसीपुर स्थित ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार बेलुका सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनीस्थित रहेको ग्वारखोला सिचाँईको बाँधमा नुहाउने क्रममा डुबेर ६ वर्षिय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो ।
रुकुम आठबिसकोट नगरपालिका ५ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–७ ज्ञानज्योती टोलमा कोठा भाडामा बस्दै आएका दलबहादुर बुढाका ६ वर्षीय छोरा निर्माण बुढाको बाँधमा डुबेर मृत्यु भएको हो । निर्माणलाई बाँधमा डुबेको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए ।
त्यस्तै उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा शनिबार बेलुका पौने ९ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै निर्माण र उनका दाई १२ वर्षीय विश्वास बुढा भने सामान्य रहेको छ । उनीहरु दुईभाई बाँधमा नुहाउन गएका थिए ।
