
Ggp
Srbpu
Rgp1
Pbu
Sgr
sbs
Unsku
cjs
Lnp
pku
Pes
Rgp
Gfs
Djs

Ksm
Bbu
Pvg
Wsp
Tsm
Asm
Sls
Rgu
Gst
Hal
Ssm
Rsb
Ggd
Vor
Rgs
Sbs
nsb
Bbbpu
Rgu

Ptm
Rmb
Gsb
Rpp
Bml
sab
Abd
Syp
Mks
bbt
Jmb
Jmb
Pls
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।
मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।
‘सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं,’महानिर्देशक ढुंगानाले भने,‘ अहिलेसम्मको सबै काम सिंगो विभागले गर्यो अब हुने अप्रेशनमा सामूहिक रुपमै काम हुन्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले काम गर्छन् ।’ विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको उनले बताए ।
