Sidha Patra सोमबार, साउन ०१, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ ।

मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक जीवनका विशिष्ट व्यक्ति, समान विचार भएका व्यक्ति, समूह, संस्थालगायतको सहभागिता थियो ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दूधर्म तथा संस्कृति अहिले कमजोर बन्दै गएकाले यसको महत्वलाई बढाउन यात्रा आयोजना गरिएको जानकारी दिए ।‘यस धर्ममा पुजिने हरेक देवीदेवताका आआफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन्’, उनले भने, ‘साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिनाका रुपमा लिने गरिन्छ ।’अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]